प्रीय काका ।
नमस्कार
हजुरको सन्देश अहिले भरखरै पाए । आराम रहि आरामको कामना गरे पनि यतिबेला हामी सबैलाइ बिसन्चो जस्तो छ काका । हाम्रो गाउँको हाम्रो घर ठूलो थियो । हिज संम मिलेर आराम साथ बसेका थियौ । खै कताबाट के भयो था भएन माइलादाइ साइलादाइ मिलेर ठुलदाइलाई के के भने ठुलदाइले एक्कासि झोक्किएर घरै भत्काइ दिए । दाइहरु यतिबेला आफ्नो आफ्नो घर बनाउन लागेका छन् । दाइहरुले उता मिस्त्री नपाएर गाउँ गाउँ बाट बोलाउदै घर बनाउदै गर्या छन् ।
काका म कता जाउ के गरु कुन दाइ सित जाउ । पहिला बसेको घर पुरै भत्किएर कै छैन । टालटुल पारेर बसु भने पनि मर्मत गर्नै नसक्ने अबस्थामा छ । माइला साइला दाइ तिर जाउ भने तिनीहरु पनि कुन दिन झगडा गरेर फेरि अहिले आफै बनाउन लाएको घर पनि भत्काउने हुन । जेठादाइ तिर जाउ भने पनि किन ढिला आइस बस्ने ठाउँ छैन भनेर बस्न दिएनन् भने म के गरु । काका भन्नु त म के गरु । हाम्रा जडिबुटी बाजे थे कहिलेकाही सल्लाह सुझाव दिन्थे तिनी पनि माइला दाइ सित रिसाएर कता गए गए । हजुर हो मेरो माया गर्ने हजुर पनि पहिला उत्तर तिर जानु भा थ्यो आजकल हजुर पनि उतै बाट दक्षिण तिर जानु भयो भन्ने हल्ला छ ।
काका म त सारै अलपत्रमा परे त हो । यसो पढेका यौटा माइलादाइका साथी थे उनी सित सल्लाह मागु भनेको उनी पनि कता जंगल तिर गा छन् रे भेट्नै गाह्राे रैछ । माइलादाइलाई पहिला सहयोग गरेका अहिले चुपचाप बसेका बर्षादमा देखिने दाइ नि आज जेठा दाइ सित गएरे ।
हरे काका तपाईं पनि कै भन्नु हुन्न त मलाई भन्नु त म के गरु । काका तपाईं पनि कतै हाम्रो घर भत्किएकोमा रमाइलो मान्नु भा त होइन नि ? हुन त मलाइ कता कता तपाइको खेल हो कि जस्तो लाग्न थाल्यो काका । उहिले हाम्रो बाबा र तपाईंको निकै झगडा हुन्थ्यो रे । कतै हाम्रो बाबा माथिको बदला हामी छोराछोरी माथी त लिइ राख्नु भा त हैन नि काका ?
हिजो उत्तर तिर बस्दा त हामिलाई मिलेर बस घर चलाउ भन्दै कै साना बिबाद भए फोन गरि संझाउनु हुन्थ्यो ।कहिलेकाही आफै आएर छलफल गरि समझदारी गराइ दिनु हुन्थ्यो । हामिलाई कै कुराको आबस्यक परे सहयोग पनि गर्नु हुन्थ्यो । तर काका जब तपाई खुसुक्क दक्षिण लाग्नु भयो हामी माथी नै कु नजर राखेर हामिलाइ नै ध्वस्त बनाउने खेल खेल्नु भयो है । धन्य मेरा काका, धन्य अदृश्य शक्तिशाली काका, धन्य नेपालमा अस्थिरता चाहाने काका ।