नेपालगन्ज—बर्दिया बढैयाताल गाउँपालिका ५ बढैयास्थित श्री नेपाल राष्ट्रिय इन्दीरा भुसाल माध्यमिक बिद्यालयमा छात्राहरुका लागि रेस्ट एण्ड चेन्जिङ्ग रुम स्थापना गरिएको छ । मासिकश्राब भएका बेला छात्राहरुका लागि सहजताका लागि रेस्ट एण्ड चेन्जिङ्ग रुम बनाइएको हो । बाँके युनेस्को क्लबको आर्थिक सहयोगमा मासिकश्राब भएका बेला छात्राहरुलाई अराम गर्न लोबेड, प्याडसमेत व्यवस्था गरी रुम बनाइएको प्रधानाध्यापक गंगा चौधरीले बताईन । युनेस्को क्लबले उक्त बिद्यालयमा मासिकश्राव भएका बेला अपनाउनु पर्ने सावधानि, सरसफाई र किशोरी कक्षा सन्चालन गर्दै आएको छ ।