हेटौंडा— संविधान बिघटनपछि नेकपाभित्र चुलिएको विवाद वाग्मती प्रदेशमा देखिएको छ । नेकपाका दाहाल—नेपाल पक्षकाका तीन मन्त्रीले शुक्रबार सामूहिक राजीनामा दिएपछि विवाद प्रदेशमा पनि देखिएको हो । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गरेसँगै तीनजना मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल तथा सामाजिक विकास मन्त्री युवराज दुलालले रहेका छन् । प्रदेशसभामा पत्रकार सम्मेलन गर्दै मन्त्री जम्मकट्टेलले केन्द्रको निर्देशन अनुसार मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको जनाए । उनले ‘मुख्यमन्त्रीकै कारण प्रदेश सरकार अलोकप्रिय भइरहेको आरोप लगाए ।