प्रदेश सभा सदस्य सुरेन्द्र हमाल सम्मानित - Dastabej

प्रदेश सभा सदस्य सुरेन्द्र हमाल सम्मानित


  • दस्तावेज

  • गायत्री शक्तिपीठ बाँकेले प्रदेश सभा सदस्य सुरेन्द्र हमाललाई एक कार्यक्रमबीच शुक्रवार सम्मान गरेकोछ।
    ओलम्पियन समेत रहेका बाँकेको निर्वाचन क्षेत्र नं.२(क)बाट निर्वाचित हमाललाई आफ्नो क्षेत्रमा पुर्‍याएको योगदानबापत गायत्री शक्तिपीठ,जिल्ला समन्वय समिति बाँकेले सो सम्मान गरेको हो।
    आयोजकका तर्फबाट गायत्री अभियन्ता,समाजसेवी डा. विजय प्रधान तथा गायत्री शक्तिपीठ जिल्ला समन्वय समिति अध्यक्ष सत्यनारायण पाठकले प्रदेश सभा सदस्य हमाललाई दोसल्ला,खादा ओढाइ सम्मान गर्नुभएको थियो।
    त्यसैगरी आयोजकले योगदान पुर्‍याबापत समाजसेवी , गायत्री अनुयायी प्रनिल हमाललाई पनि सम्मान गरेको थियो।
    सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य हमालले मानवताको क्षेत्रमा गायत्री शक्तिपीठले खेलेको भुमिकाको प्रशंसा गर्दै स्वस्थ समाजको निर्माणका लागि सबै धर्मको उत्तिकै महत्व र सहकार्य जरुरी रहने बताउनु भयो।
    जिल्लाका अन्य गायत्री शक्तिपीठका अगुवा, समाजसेवी लगायतको सहभागितामा सम्पन्न सो कार्यक्रममा गायत्री शक्तिपीठको समिक्षासहित आगामी कार्यक्रमबारे पनि चर्चा गरिएको आयोजकले जनाएकोछ।
    कार्यक्रममा अनुयायी बच्नु झा, डा.विजय प्रधान , मनोजराजा श्रीवास्तव लगायतले धारणा राख्नुभएको थियो
    अध्यक्ष सत्यनारायण पाठकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन पदम बहादुर अर्यालले गर्नुभएको थियो।

  • १० पुष २०७७, शुक्रबार २२:१८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार