नेपालगन्ज । संविधान बिघटनपछि नेकपा दुई धारमा विभाजित भएयता दुबै पक्षका बैठकमा उपस्थित नजनाईरहेका उपाध्क्ष बामदेम गौतम निकटका समानुपतिाक सांसद विमला बिकलाई प्रधानमन्त्री केपी ओली पक्षले राज्य मन्त्री बनाएको छ । बर्दिया निर्वाचन क्षेत्र १ बढैयाताल गाउँपालिकाकी उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्रीमा नियुक्ति गरिएको हो । उपाध्यक्ष बामदेव गौतम कुनै पक्षमा नलाग्ने बताईरहँदा उनका पत्नी समानुपातिक सासंद तुलसा थापालाई पनि प्रधानमन्त्री ओली पक्षले केन्द्रीय सदस्य बनाएको छ । त्यस्तै उपाध्यक्ष गौतमले प्युठानको निर्वाचन क्षेत्र रोजेपछि भएको मध्यावधी निर्वाचनका क्रममा क्षेत्र न. १ बाट निर्वाचित श्याम ढकाल पनि ओली समूहै पक्षको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । गएको संविधान सभा निर्वाचनमा अन्तरघाट गरेको आरोप लगाएर पार्टीबाट काररवाहीका लागि गौतमले सिफारिस गराएका खडकबहादुर खडका, दामोदर आर्याल पनि ओली पक्षको केनद्रीय सदस्य भएका छन् । उनी निकट मानिने लुम्बिीनी प्रदेश सांसद कबीराम थारु, जनक चौधरी, राधा ज्ञवाली, बढैयाताल गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठ पनि केन्द्रीय उक्त पक्षकै केन्द्रीय सदस्य भएका छन् । यसले उपाध्यक्ष गौतम केपी ओली समूहमै जाने प्रवल सम्भावना देखिएको एक नेताले बताए । उनले भने, पत्नि तुलसा थापा, उनी (गौतम) निकटका सबैजसो नेताहरु ओली समूहमै लागिसकेकाले उतै लाग्ने सम्भावना बढी देखियो । ढिलोचाँदो उहाँ केपी ओलीतिरै आउनु हुने छ ।