देउखुरी । पछिल्लो समयमा घोङघी सवैको रोजाई बन्दै गएको छ । मिठो र फरक स्वाद हुने भएकोले अहिले सवैको रोजाई बनेको हो । आदिवासी जनजाति धर्ति पुत्र थारु समुदायले प्राचिनकालदेखि खाँदै आएको घोङघी परिवार अहिले सबैको रुचि बन्दै गएको हो । थारु परिकार मध्ये अहिले घोङघी मुख्य ब्राण्डको रुपमा चर्चामा आएको छ । यसको चर्चा संगै घोङघी खानेहरुको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ । पहिला थारु समुदायले मात्र खाने घोङघी परिकार अहिले अन्य समुदायले पनि उत्तिकै मात्रमा खाने गर्दछन् । पछिल्लो समय थारु होमस्टे देखि थारु समुदायले संचालन गरेको होटेल, रिर्साेटहरुमा घाङघी खान आउनेहरुको संख्या ह्वात्तै बढेको कविला रिर्सोटका म्यानेजर अशोक चौधरीले बताए । कविला रिर्सोट स्थापना संगै घाङघीको स्वाद लिन आउनेहरुको संख्या बढि रहेको बताए । रिर्साेटमा प्रवेश गर्नेहरु जो कोहिले पनि घाङघीको स्वाद लिने गरेको उनको भनाइथियो । रिर्सोटबाट दिइने परिकार मध्य मुख्य ब्राण्डको रुपमा घाङघी रहेको उनले बताए ।
दैनिक पाँच हजारसम्मको आम्दानी
घोङघी बेचेर दैनिक एकहजार देखि पाँच हजारसम्मको आम्दानी लिइरहेको जेहेन्दार चौधरी बताए । घोराही उपमहानगरपालिका १५, भरतपुरमा माछा, र कुखुराको व्यवसायी गर्दै आएका चौधरी माछा भन्दा पनि घोङघीमा राम्रो आम्दानी हुने गरेको बताए । आफुले प्रति केजी दुइ सयको दरले घोङघी बेचि रहेको जानकारी दिए । एक सिजनमा एक लाखसम्मको घोङघीबाट समेत आम्दानी लिइरहेको उनको भनाइथियो । यसैगरि अहिले थारु होमस्टे, थारु रिर्सोटहरुमा पनि प्रति प्लेट एक सयको दरले घोङघी बेचिरहेको कोहलपुर गाभर स्थिति थारु होमस्टे संचालक कृष्ण डेमनडौराले जानकारी दिए । उनको अनुसार अहिले घोङघीको माग दिनप्रतिदिन बढिरहेको छ ।
के हो घोङघी ?
घोङघी एक प्रकारको किरा हो । यसको खस नाम शंखकिरा हो । यसलाई अगें्रजीमा एयलम क्लबष् िभनिन्छ । यो प्राय पोखरीमा पाइन्छ । डा. गोपाल दहित द्धारा लिखित पुस्तक आदिवासी जडिबुटी ज्ञान र यसको अभ्यास पुस्तमा घोङघीको वैज्ञानिक नाम एष्बि क्उभअष्भक उल्लेख गरेकाछन् ।
घोङघी एक प्रकारको औषधी
डा. गोपाल दहितले आदिवासी जडिबुटी ज्ञान र यसको अभ्यास पुस्तमा घोङघी एक प्रकारको औषधी समेत रहेको पुष्टि गरेकाछन् । घोङघीको प्रयोगले पेट सफा गर्ने र पातलो दिशा रोक्ने, टी.बी. रोगीको लागी उपुयुक्त हुने, घाउ निको हुने गरेको आदिवासी जडिबुटी ज्ञान र यसको अभ्यास पुस्तकमा डा. दहिले उल्लेख गरेका छन् । उनको पुस्तकमा उल्लेख गरे अनुसार दिनको एक डुनाको हिसाबले दुइ पटकसम्म तीनदिनसम्म घोङघी खाएमा पेट सफा हुने, र पातलो दिशा रोक्ने गर्दछ । त्यसैगरि ठूल्ह्वा रोग लागेमा घोंघीमा कप्वा लगाएर तरकारी खाने र त्यहि कप्वालाई प्रभावित ठाउँमा दिनको दुइ पटकसम्म चार दिनसम्म लगाएमा निको हुने र टी.बी. रोगको लागि शरीर कम्जोर भएमा घोङघीको नियमित तरकारी खाएमा ताकट दिने र शरिरको विभिन्न ठाउँमा भएको घाउमा घोङघीको टुप्पोको रसले घाउ निको हुने गरेको उनले दाबी गरेकाछन् ।
कहाँ पाइन्छ, घोङघी
विशेष यो बर्खायाम (असार देखि भदौसंम्म) खेतमा पाईन्छ तर, खेतमा रासायनिक मल हाल्न सुरु गरेपछि खेतमा घोङघी कम मात्रमा पाइन्छ । अहिले अहिले माछा पोखरी, साना साना तलाउ, सिचाई कुलोमा पनि घोङघी पाइन्छ । पछिल्लो समयमा घोङघीको व्यवसायीक पालन गर्दै आएकाछन् । माछा संगसंगै घोङघीमा पनि राम्रो आम्दानी हुने गरेकोले व्यवसायिक रुपमा घोङघी पालन गर्नेहरुको संख्या बढ्दै गएको छ ।
घोङघी खाने तरिका
घोङघीलाई कम्तिमा पनि ६ घण्टासम्म एउटा भाडामा राखेर पिठो हाल्नु पर्छ । किनकी घोङघी माटो भित्र बस्ने भएकोले उसको पेट सफा गर्नका लागि पनि ६ घण्टासम्म पिठो खान दिनुपर्छ । ६ घण्टापछि घोङघीलाई पकाएर खान सकिन्छ । तर, घोङघी पकाउनु भन्दा सकेसम्म घोङघीलाई १० देखि १५ मिनेटसम्म बोइल गर्ने यदि सकिदैन भने घोङघीको पछाडी भागको टुप्पो हसिया या खुर्पाले अनिवार्य काट्नुपर्छ । त्यसपछि सफा पानीमा रामरी धोएर अरु तरकारी पकाए झै पकाएर खान सकिन्छ । घोङघीको मिठो स्वाद लिनका लागि टिमुर र हल्का पिठो हालेर गिलो सुप बनाएर पकाएमा सवै भन्दा मिठो मानिन्छ ।का उनी निकटमा नेताहरु केन्द्रीय सदस्यमा मनोनित भएपछि ओली पक्षमा लाग्ने सम्भावना बढेको हो ।