लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता सुरु - Dastabej

लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता सुरु


  • दस्तावेज

  • देउखुरी, १० पुस । शनिबार देखी दाङको लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा लमहीको अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता सुरु भएको हो । यो प्रतियोगीतामा एउटा एपिएफको विभागिए टिम सहित ७ प्रदेश गरी ८ ओटा टिमले भाग लिएका छन् । नेपाल क्रिकेट संघ क्यानका लुम्बिनी प्रदेश अध्यक्ष दुर्गाबहादुर थापाले विहान ९ बजेबाट खेल सुरु भएको बताए । उनका अनुसार पुस १९ गते सम्म प्रतियोगीता चल्ने छ । लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले उद्घाटन गरेका छन् ।
    खेलतालिका
    आठ ओटा टिमलाई दुई समुहमा विभागन गरिएको छ । ‘ए’ समुहमा एपिएफ, प्रदेश नं. २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छ । ‘वि’ समुहमा सुदुरपश्चिम प्रदेश, बागमती, गण्डकी र प्रदेश नं. १ छ । दैनिक दुई ओटा प्रतियोगीता हुनेछन् । शनिबार पहिलो खेल विहान ९ बजेबाट हुने छ । लुम्बिनी प्रदेश र प्रदेश नं. २ का विचमा विहान खेल हुने छ । दिउँसो १ बजे बाट एपिएफ र कर्णाली प्रदेशको विचमा खेल हुने छ । १२ गते आइतबार विहानको खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको विचमा खेल हुनेछ । दिउँसोको खेल एपिएफ र प्रदेश नं. २ का विचमा हुने छ । १३ गते प्रदेश नं. २ र कर्णाली प्रदेशको विचमा खेल हुने छ । दिउँसोको खेल एपिएफ र लुम्बिनी प्रदेशको विचमा खेल हुने छ । १४ गते सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशको विचमा खेल हुनेछ । दिउँसोको खेल बागमती प्रदेश र प्रदेश नं. १ का विचमा खेल हुनेछ । १५ गते सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ को विचमा, दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशको विचमा खेल हुने छ । १६ गते विहानको खेल सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशको विचमा, दिउँसो गण्डकी प्रदेश र प्रदेश नं. १ को विचमा खेल हुने छ । पुस १७ गते सेमिफाईनल खेल हुने छ । विहान ए गु्रपको विजेता र वि गुप्रको रनर अफको विचमा हुनेछ । दिउँसाको सेमिफाइनल खेल बिजेता गु्रप वि र रनर अफ गु्रप ए का विचमा हुने छ । यी दुबै खेलबाट विजेता हुने टिम फाइनलका लागी पुस १९ गते आपसमा भिड्नेछन् ।

  • ११ पुष २०७७, शनिबार ११:५७ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार