कर्णाली ।हामी यहाँ छौ है हेम एण्ड माया फाउन्डेसनले कर्णाली प्रदेशका कालिकोट मुगु र सुर्खेतका अपांगहरुलाई कम्मल वितरण गरेको छ । देशको सातै वटै प्रदेश मा १ हजार देखि १५ सय थानसम्म कम्बल बितरण कार्य सुरु गरिएको हो । पहिलो चरणमा कर्णाली प्रदेशमा पनि बितरण गरिएको हो । हेम एण्ड माया फाउन्डेसन कर्णाली प्रदेश संयोजक श्री प्रकाश रेग्मीको पहलमा कर्णालीका सबै जिल्लामा समिती गठन गर्ने प्रक्रियामा रहेको फाउन्डेसन कर्णाली प्रदेश सचिव मनोज डाँगीले् बताए ।