आजबाट दाङको लमही क्रीकेट ग्राउन्डमा सुरु प्रधानमन्त्रीनकप महिला क्रीकेट प्रतियोगिताको पहिलो खेलमा प्रदेश २ बिरुद्द ९ विकेटको जित निकाल्दै लुम्बिनी प्रदेशले बिजयी सुरुवात गरेको छ ।
टस हारी पहिला ब्याटिङ गरेको प्रदेश २ ले २० ओभरमा ७ विकेट गुमाउदै ७७ रन बनाएको थियो । प्रदेश २ को लागि अनुराधा चौधरी र साना प्रबीनले समान २१/२१ तथा बिमला मगरले १० रनको योगदान दिइन । लुम्बिनी प्रदेशको लागि बलिङ तर्फ सुस्मिता भुसालले ४ ओभरमा मात्र १० रन खर्चंदै सर्बाधिक ३ विकेट तथा नेरि थापा , गिता गोसाइ तथा स्वस्तिका बजगाइले समान १/१ विकेट लिइन ।
७८ रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेशले १६.१ ओभरमा १ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । लुम्बिनीको जितमा गिता गोसाइले सर्बाधिक २३ , सरस्वतीले २२ तथा नेरि थापाले १२ रनको योगदान दिइन रनको योगदान दिए
प्रदेश -२ को बलिङ तर्फबाट बाट एक मात्रै सफल बलर कबिता गौतमले १ विकेट लिइन ।
( तस्बिर क्रीकेट एसोसिएसन अफ नेपाल )