नेपालगन्ज । बेलापुर करमोहना स्मार्ट कृषि गाउँ कार्यन्वयन समिति नेपालगन्ज १२ ले शनिवार एक कार्यक्रमका बिच सर्बजनिक सुनवाई कार्यक्रम गरी आर्थिक बर्ष २०७७÷७८ को बार्षिक कार्यक्रम सर्बजनिक गरेको छ । यो अर्थिक बर्षमा बेलासपुर करमोहना स्मार्ट कृषि गाउँ कार्यन्यन समितिले ५० लाखको कार्यक्रम सर्बजनिक गरेको छ । जसमा ३० लाख कृषि ज्ञान केन्द्र बाँके र २० लाख बजेट स्मार्ट कृषि गाउँका कृषकहरुले बिनियोजन गरेको स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यन्वयन समितिका संयोजक प्रमात्म प्रसाद बर्माले बताए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुबेदीले कार्यक्रममा आएको बजेट किसानहरुका लागि सही तरिकाले सदुपयोग हुनु पर्ने बताए । किसानलेका खेती किसानी गर्दा अवश्यक पर्ने मल, बिउ, कृषि औजार लायत् अवश्यक समाग्र हुनु कार्यन्वयन समितिले गराउनु पर्ने अध्यक्ष सुुबेदीले जोडदिए । यो आर्थिक बर्षमा जलबायु स्मार्ट, सिँचाई स्मार्ट, पोषक तत्व स्मार्ट, प्रबिधि स्मार्ट, बजार स्मार्ट शिर्षकमा कार्यक्रम बिनियोजन गरिएको छ । जलबायु कार्यक्रम तर्पm बाली बिमा, एक घर एक करेसाबारी कार्यक्रम प्रर्दशनी जस्ता कार्यक्रम छन् भने सिँचाई स्मार्ट तर्पm सिचाईका लागि बिद्युतिकरण, पानी तान्ने मोटर, पम्पसेट, डेलिभरी पाइप, स्यालो टयुबेल जडान, कृषि मिटर टहरा निर्माण जस्ता कार्यक्रम छन् । यस्तै पोषक तत्व स्मार्ट तर्पm सुक्ष्म तत्व खरिद तथा बितरण, जैबिक बिषादी तयारी एवं बितरण जस्ता कार्यक्रम रहेकाछन् । यस्तै प्रबिधि स्मार्ट तर्पm मिनि कल्टि बेटर, कृषि औजार, आकस्मिक बाली संरक्षण, बिभिन्न बालीको बिउ, पावर टिलर आदी कार्यक्रम रहेका छन् । यस्तै बजार स्मार्ट तर्पm च्याउ र बेमोसमी तरकारी प्रबिधि, त्रिपाल खरिद जस्ता कार्यक्रम रहेको स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यन्वय समितिका सचिव रामु चिडिमारले बताए । कृषिमा आधुनिकिकरण गर्नका लागि २ बर्ष अगाडी बेलासपुर स्मार्ट कृषि गाउँ कार्यक्रम प्रदेश सरकारबाट लागु गरिएको थियो । कार्यक्रममा कृषि ज्ञान केन्द्र बाँकेका कृषि पं्रसार अधिकृत अनिल कुमार मिश्रले स्मार्ट कृर्षि गाउँ कार्यक्रममा कृषकहरुलाई खेतिकिसानी गर्नका लागि सहज हुदै गएको बताए । स्मार्ट कृषि गाउँ कार्यक्रम मार्पmत कृषकहरुले सिचाई, बिउ, मल तथा अवश्यक औजारमा अनुदान पाउने भएकाले कृषकहरुको उत्पादनमा बृद्धि हुदै गएको मिश्रले बताए । कार्यक्रममा नेपालगन्ज १२ का वडा सदस्य तरुण बज्रचार्य, फुलमती लोहार, चन्द चिडिमार, सल्लाहकार श्याम बहादुर मल्ला लगायत् स्थानीयहरुको सहभागिता रहेको थियो ।