नेपालगन्ज । समाज परिवर्तनको लागी संवाहक बनाउने उद्देश्यले बालीका तथा युवा शसक्तिकरण परियोजना अन्र्तगत ५ दिने सहजकर्ता तालिम सन्चालन गरिएको छ । प्लान ईन्टरनेशन नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप) बाँके को साझेदारीमा उक्त तालिम सन्चालन गरिएको हो । पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै प्लान ईन्टरनेशनल नेपाल क्षेत्रिय फिल्ड कार्यालय सुर्खेतका कार्यक्रम बिषेशज्ञ बिनय ज्ञवालीले प्लान ईन्टरनेशन नेपालले बालिका तथा किशोरी हरुको शसक्तिकरण क्षेत्रमा काम गरिरहेको र किशोरीहरु लाई सशक्तिकरण गदै उनीहरुलाई सन्चालन भैरहेको बताए । उनले समाजमा रहेका हानिकारक अभ्यासहरुको बिरुद्ध किशोरी तथा किशोरीहरुलाई परिवर्तनका संवाहक बनाउन का लागी सहजकर्ताहरुको महत्वपुर्ण भुमिका रहेको जनाए । प्रशिक्षक प्रशिक्षणको सहजिकरण नेत्रकला शाही ले गरिरहेका छन् । उत्तःm परियोजना अन्तर्गत १० देखी १५ र १५ देखी २४ बर्ष उमेर समुहका किशोर तथा किशोरीहरुको समुह बनाई उनीहरुको व्यवहार परिवर्तन र परिवर्तनका संवाहक बनाउने लक्ष्य ले सिओसी कक्षाहरु सञ्चालन गरिरहेको कार्यक्रम संयोजक दिनेश चौधले बताए ।