ओलीबाट सत्ता झर्ला भनेर कांग्रेसले आस नगरे हुन्छ ः भट्टराई - Dastabej

ओलीबाट सत्ता झर्ला भनेर कांग्रेसले आस नगरे हुन्छ ः भट्टराई

अमृतलाई हेरेर कांग्रेसलाई नलोभिन हाम्रो आग्रह छ । ढुलमुले पाराले ओलीबाट सत्ता झर्ला र खाउला भन्ने कांग्रेसले नसाचे हुन्छ ।


  • जयसिंह महरा ekantipur.com

  • काठमाडौँ — जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष नेता बाबुराम भट्टराईले केपी ओलीले घोषणा गरेको चुनाव हुने र आफू ठूलो दल हुने आस नगर्न कांग्रेसलाई सुझाएका छन् । संसद् विघटनविरुद्ध काठमाडौंमा आइतबार जसपाले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेता भट्टराईले कांग्रेसले आफू ठूलो दल हुने आस गरेको होला तर त्यसो हुन नसक्ने बताए । राजा ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेको र आफूहरु नगएको भट्टराईले स्मरण गराए । भट्टराईले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई विद्रोहद्वारा पुनःस्थापना गर्ने र आन्दोलनलाई जारी राख्ने बताए । भट्टराईले अहिले संसद् विघटन गरी चुनाव गर्ने नाममा ओलीले विषको भाँडोमा माथि अमृत देखाएको टिप्पणी गरे । उनले भने, ‘अमृतलाई हेरेर कांग्रेसलाई नलोभिन हाम्रो आग्रह छ । ढुलमुले पाराले ओलीबाट सत्ता झर्ला र खाउला भन्ने कांग्रेसले नसाचे हुन्छ ।’
    सबैलाई एकमत भएर सडकमा आउनै पर्ने उनको भनाइ थियो । प्रधानमन्त्रीको पछिल्लो कदम अलोकतान्त्रिक भएको जनाउँदै उनले भने, ‘संवैधानिक व्यवस्थामाथि ओलीले खड्ग प्रहार गरेका छन् । गणतन्त्रको बेला बयलगाडामा अमेरिका पुगिँदैन भन्ने ओलीले अहिले चुनाव गराउनका लागि घोषणा गरेका होइनन् ।’ उनले अदालतप्रति झिनो आसामात्रै रहेको बताए । भने, ‘हामी सडकबाटै संसद् पुनःस्थापना गर्ने हो । न्यायाधीशप्रति सम्मान छ । तर केपी ओलीले सबै संस्थामा आफ्नो खल्तीबाट मान्छे लगेर राखेका छन् । त्यही भएर सडक आन्दोलनको विकल्प छैन ।’ भट्टराईले दाहाल र नेपाललाई कित्ता क्लियर गर्न पनि सुझाए । भने, ‘ओली सुध्रिएर आए सँगै लान्छौं भन्ने अब छोड्नुपर्छ ।’ सभामुखले प्रतिनिधिसभा बोलाउन पर्ने र विघटन गर्न नहुने पनि भट्टराईले बताए । उनले भने, ‘सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बोलाउन पर्छ । संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन ।’
    यसैगरी जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पनि ओलीले प्रतिगमन गरेकाले यसलाई सडकबाट नै प्रतिरोध गर्नुपर्नेमा जोड दिए।

  • १२ पुष २०७७, आईतवार १७:४१ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार