प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज सोमबार ७७ वटै जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ ।
बाँके कांग्रेसले पनि केन्द्रिय कार्यक्रम अनुसार आज सोमबार प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध बाँकेका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ । सोही कार्यक्रम अन्तर्गत् नेपाली कांग्रेसले बाँकेमा पनि सरकारविरुद्ध प्रदर्शनको तयारी तीब्र पारेको नेपाल पत्रकार महासंघका पुर्व महासचिव एबम नेपाली कांग्रेस बाँकेका युवा नेता पोषण केसीले जानकारी दिनुभयो । युवा नेता केसीले प्रधानमन्त्रीले गरेको असंवैधानिक र अलोकतान्त्रिक कार्यको बिरोधमा नेपाली कांग्रेस एकजुट भएर प्रदर्शनमा उत्रिनु परेको बताउनुभयो।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा आज हुन लागेको प्रदर्शनमा कांग्रेसका प्रभावशाली युवा नेता एवम् पूर्व मन्त्री गगन थापाले सम्बोधन गर्ने क्षेत्र नम्बर का २ सभापति रमेश गुप्ताले जानकारी दिनुभएको छ।
बाँके कांग्रेस सभापति किरण कोइरालाले कांग्रेस आज सोमबार हुने प्रदर्शनमा नेता, कार्यकर्ता लगायत कांग्रेससँग आबद्ध सबै संगठनलाई उपस्थित हुन निर्देशन जारी गर्नुभएको छ ।
क्षेत्र नम्बर १ सोमबारको प्रदर्शन कोहलपुरमा हुँदै छ भने क्षेत्र नम्बर २ को नेपालगन्जको त्रिभुवन चोकमा र क्षेत्र नम्बर ३ को प्रदर्शन खजुरामा प्रदर्शन हुने नेपाली कांग्रेस बांकेले जनाएको छ