पुलमुनि सासुबुहारीको व्यापार - Dastabej

पुलमुनि सासुबुहारीको व्यापार

पुलमुनि प्लास्टर गरेको सानो ठाउँ छ । त्यहि उनीहरुले खुला पसल गरेर बसेका छन् ।


  • दस्तावेज

  • बर्दिया । गुलरिया हुँदै हुलाकी राजमार्ग भएरै मधुवन नगरपालिको ताराताल पुग्नु अगावै कुशुम्भा घाट आउँछ । यो बबई नदीको घाट हो । यसले मधुवन र बारबर्दिया नगरपालिकाले चिरेको छ । बबई नदीले बिच्चेद गरेको यि दुई नगरपालिकालाई जोड्न करिव एक किलो मिटर दुरी लामाको पुल बनाइएको छ । यो पुल हेर्ने दैनिक सयौं पुग्छन् । पिक्नीकको समूह दैनिक देख्न सकिन्छ । त्यही पुलमुनि मधुवन नगरपालिका ८ का गीता र बीन्दु सुनारको व्यापार फस्टाएको छ । गीता सासु र बीन्दु सुनार बुहारी हुन । घुम्न आउनेहरुका लागि चटपटे, पानीपुरी, चाउचाउ, अण्डा, पकाउडी र घरमै आफैले बनाएको लोकल रक्सीको लागि व्यवस्था गरिएको छ ।
    पकौडी र चटपटे खाना बाललालिकाको भिड लाग्छ । रक्सी पराखीका लागि छुट्टै व्यवस्था छँदै छ । यसले उनीहरुले राम्रो आम्दानी गरेका छन् । दैनिक कम्तिमा पनि १ हजारदेखि १५ सयसम्म नाफा हुन्छ । फुटकर व्यापारले यति कमाउनु धेरै हो । लगानी खासै छैन । यसले उनीहरुले ५ जनाको परिवार सहजै पालेका छन् । ‘चटपटेको २०, पकौडीको १०, अन्डाको ५०,’ हिसाबै बिर्से अरु के के हो र ? हाँस्दै बीन्दुले ग्राहकसंग सोधिन,‘अर्को पानीपुरीमा होईन र ?’ ग्राहकले जवाफ फर्काए,‘हो नि । सबै गरेर १ सय भयो । कति बिर्सिनु हुन्छ के तपाई ?’ ‘हो त बिर्सिन्छ नि । भिडभएको बेला,’ बीन्दीले जवाफ फर्काईन ।
    सासु गीता पकौडी पकाउन व्यस्त थिईन । तातोतातो पकौडीको स्वादै बेग्लै हुन्छ । ‘अहिले नपुग्ला र हतार गरेर पकाउन थालेको हो,’ उनले भनिन् । पुलमुनि प्लास्टर गरेको सानो ठाउँ छ । त्यहि उनीहरुले खुला पसल गरेर बसेका छन् । दिनभरी व्यापार गर्ने र साँझ घर फर्किन्छन् । यसअघि उनीहरु हालको बाँसगढी नगरपालिकाको बबई भ्यालीस्थित गाईलेकमा घर थियो । बर्दिया निकुन्जले त्यहाँबाट बस्ती हटायो । उनीहरुको परिवार ताराताल आयो । तर तराईमा गर्मी भएको भन्दै परिवार फेरि पहाड उक्लियो । यता निकुन्जले उठाएर ल्याएको बस्तीका परिवारलाई जग्गा वितरण गरिरहेको थियो । पहाडमा भएकाले जग्गा पाउनबाट छुटे । फेरि ताराताल झरे तर जग्गा पाउन सकेनन् । सासु गीताले पुल मुनि फुटकर व्यवसाय गर्न सुरु गरे । त्यही व्यापारबाट परिवार सम्पन्न बन्दै छ ।

  • १३ पुष २०७७, सोमबार ०९:११ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार