नेपालगन्ज— पश्चिम तराईमा चिसो बढेसंगै विपन्न परिवारहरु समस्यामा पर्न थालेका छन् । न्यानो कपडा नहुनेहरु आगोको सहारामा बस्छन् । चिसो बढेसंगै बढेसंगै कोरोनाको महामारी फैलिन सक्ने भन्दै चिकित्सकहरुले सर्तक रहन सुझाव दिएका छन् । नयाँ कपडा हुनेहरुलाई पुरानैेले काम चलाउन आवश्यक छ । चिकित्सकहरु भन्छन्—पुरानो कपडा हो भनेर लाज मान्नु पर्दैन । जे छ सफा गरेर लगाउँ । चिसोका कारण विभिन्न समस्या देखिने भएकाले चिकित्सकहरुले भएको कपडा लगाउन सुझाएका हुन । चिसोबाट जोगिन सर्वसाधारणहरु आगो तापेर बसेको देखिन्छन् । कठ्याङग्रिने चिसोले सर्वसाधारणहरु विरामी पर्न थालेका छन् । नेपालगन्जस्थित भेरी अअस्पताल र गाउँमा रहेका स्वास्थ्य केन्द्रहरुमा पहिले भन्दा विरामीको चाप बढेको स्वास्थ्यकर्मीले जनाएका छन् । बालवालिकाहरुमा निमोनियाको समस्या देखिएको छ । त्यस्तै स्वास्व प्रस्वास्व सम्बन्धि समस्याका विरामीहरु उपचारका लागि बढी आउने गरेको उनीहरुले बताए । दम, हल्का ज्वरो र छाती सम्बन्धि समस्याका विरामीहरु बढेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बढीजसो बालवालिका र ज्येष्ठ नागरिकहरु चिसोबाट पीडित बनेका छन् ।
भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा. संकेत रिसालले चिसोका कारण रुघाखोकी, निमोनिया, दम, हल्का ज्वरोको समस्या विरामी उपचारका लागि अस्पताल आउने गरेको बताए । पहिलेभन्दा हाल चिसोमा हुने रोगका विरामीहरु बढेको उनले बताए । चिसोबाट जोगिन तातो झोलिलो पदार्थ खान, भएका न्यानो कपडा लगाउन चिकित्सकहरुको सुझाव छ । त्यस्तै, शितलहर चलेको बेला बाहिर ननिस्किन सचेत गराइएको छ । अध्यधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले सर्वसाधारणहरुका लागि आगो ताप्न दाउरा बितरण गर्ने परम्परा पुरानो हो ।