बाँकेका उत्कृष्ट २० गन्तव्यहरु - Dastabej

बाँकेका उत्कृष्ट २० गन्तव्यहरु

झट्ट हेर्दा बाँके जिल्लामा घुम्ने ठाउँ धेरैले नभेट्न सक्छन् । यहाँ घुम्न र रमाउन सकिने प्रसस्त ठाउँ छ्न ।


  • सतिस निरौला

  • नेपालगन्ज— पुस्तौंदेखि बसेकाहरुसंग बाँकेमा घुम्न लायक स्थान कहाँ छन् भनेर सोधिखोजी गरियो भने सजिलोसँग उत्तर नभेटिन सक्छ । हो, झट्ट हेर्दा बाँके जिल्लामा घुम्ने ठाउँ धेरैले नभेट्न सक्छन् । यहाँ घुम्न र रमाउन सकिने प्रसस्त ठाउँ छ्न । केही सुची सहित विवरण पस्किएको छ ।

    १)। बाँके राष्ट्रिय निकुञ्ज । बाँके राष्ट्रिय निकुञ्ज पारिवारि, साथिभाइ वा एक्लै घुम्न र रमाउन सकिने जिल्ला कै महत्त्वपूर्ण स्थल हो। जिप सफारी, मोटरसाइकल वा साइक्लिङ्ग गर्दै बाके निकुञ्ज घुमफिर गर्न सकिन्छ ।


    २) गाभरभ्याली । हाल जिल्ला कै उत्कृष्ट गन्तव्यमा पर्छ गाभर भ्याली । बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गाभर क्षेत्र हाइकिङ्ग र साइक्लिङ्गका लागि उत्कृष्ट क्षेत्र हो । गाभर भ्यालिमा थारु, मुगालीलगायत का होमस्टेहरु रहेका छन् । यहाँ ब्यबसायिक अस्ट्रीच पालन समेत गरिएको छ।

    ३) ढकेरी क्षेत्र धेरै मानिसहरुको शुक्रबारिय र शनिबारिय गन्तव्य हो, त्यहाँ रहेका होटल र रेस्टुरेन्ट हरु प्रायः शुक्रबार र शनिबार ब्यस्त रहन्छन् । ढेकेरिमा पिकनिक स्थल र बोटानिकल गार्डेन समेत रहेको छ जुन घुमफिर र रमाइलो गर्न लाई उपयुक्त छन् ।

    ४) अगैया क्षेत्र । राप्ती सोनारीमा रहेको अगैया मा रहेको सिक्टा नहर र अगैया बजार पनि धेरैले बिदा मनाउन रोजेको क्षेत्र हो, धेरै मानिसहरू माछा खानका लागी अगैया पुग्ने गर्छन् ।

    ५) भुवरभवानी मन्दिर राप्तिसोनारीमै रहेको भुवरभवानी मन्दिर एक प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य हो, जहाँ प्रत्यक बर्ष मेला समेत लाग्ने गर्दछ।

    ६) बागेश्वरी मन्दिर बाँके जिल्ला कै प्रमुख र महत्त्वपूर्ण स्थल हो, यहाँ नेपालभर मात्र होईन भारत बाट समेत श्रद्धालुहरु आउने गर्दछ्न। धार्मिक मान्यता अनुसार सतिदेविको जिब्रो पतन भएको स्थल का रूपमा बागेश्वरी मन्दिर प्रख्यात छ, यश मन्दिर मा आइ वर मागेमा वाक्य सिद्धि हुने जनबिस्वास रहेको छ। भारत का दुई चर्चित ब्यक्तित्व डाकु फुलन्देवी र अभिनेता अमिताभ बच्चन ले समेत बागेश्वरी मन्दिरमा आइ चढावा चढाएको कुरा सुन्ने गरिन्छ। मन्दिर परिसर मै नेपालकै एकमात्र जुङ्गे महादेव को मन्दिर समेत रहेको छ भने बौद्ध गुम्बा र सरस्वती माता को मन्दिर समेत रहेको छ।

    ७) रानितलाउ नेपालगन्ज मा रहेको सानो तर मनोरम पर्यटकीय स्थल हो।

    ८) नेपालगन्ज उपमहानगर पालिकामा रहेको मनमोहन ताल वाटर पार्क का नामले प्रसिद्ध छ, मनोरम तलाउ घुमफिर का लागी उपयुक्त गन्तव्य छ।

    ९) गुरुद्वारा र मन्दिर, चर्च, मस्जिद, शिख समुदायको धार्मिक स्थल गुरुद्वारा , हनुमानगढी मन्दिर, हडियाबाबा मन्दिर लगायत मन्दिरहरु, नेपालगन्ज न्युरोड मा रहेको गुम्बा, चर्च हरु, मस्जिद हरु सम्बन्धित धर्म मा आस्था राख्नेहरुका लागि उपयुक्त धार्मिक गन्तव्य हुन् ।
    १०) बर्फानी बाबा प्रकृतिको अलौकिक आनन्द लिन सकिन्छ, माथी को डाडामा मन्दिर रहेको छ।


    ११) निबुवाटार र गाइलेक राप्ती सोनारी गाउँ पालिकामा रहेको उपयुक्त पर्यटकय गन्तव्य हो, सामुदायिक वन भित्र को घुमफिर सङ्गै गाउँले जनजीवन संग साक्षात्कार गर्न सकिन्छ । त्यहाँबाट माथी डाडामा गाइलेक रहेको छ, नेपालगन्ज जस्तो अत्याधिक गर्मी हुने तराई को ठाउँमा लेकहुनु गज्जबको कुरा हो तर यसबारे धेरै सर्वसाधारण लाई थाहा नै छैन । निबुटार र गाइलेक माउन्टेन बाइकिङ्ग र हाइकिङ्ग को लागि उपयुक्त गन्तव्य हुन् ।

    १२) नाग्राफल झरना राप्तिसोनारी गाउँ पालिकामा नै रहेको छ, मनमोहक झरना बाके जिल्लामा पनि छ भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ तर नेपालगन्ज को धम्बोजी चोकबाट झन्डै १८ किलोमीटर पुर्व लागेपछि यो झरना भेट्न सकिन्छ ।

    १३) कमरशाह बाबाको मजार र खजुरा गाउँ पालिका मा रहेको मुसबेटवा बाबा को मजार हिन्दु र मुस्लिम दुबै धर्मावलम्बीका लागि आस्थाको स्थल हुन् त्यसैले यी दुबै मजारले सद्भाव को सन्देश समेत दिएका छन् खजुरामा रहेको मुसबेटवा बाबाको मजारमा हरेक बर्ष बसन्त पन्चमी अर्थात सरस्वती पुजा का दिन धेरै पहिलादेखि नै ठुलो मेला लाग्नेगर्दछ।
    १४) खजुरा गाउँ पालिकामा मान खोलासङ्ग जोडिएको गिजरा सामुदायिक बन पिकनिक स्थल का लागि प्रख्यात रहेको छ अम्रेल पार्क का नामले समेत उक्त स्थल चिनिने गरेको छ।

    १५) नार्क परिषर क्षेत्रीय कृषि अनुसन्धान केन्द्र सहित कृषि सम्बन्धि झन्डै आधा दर्जन बढी कार्यलय रहेको नार्क परिसर बिद्यार्थी लगायत सबै उमेर समूह का लागी उपयुक्त गन्तव्य हो अझ बिशेष कृषि मा चासो राख्नेहरुका लागि त यो बिशेष नै हो।यहाँ अङ्गुर खेती, आँप को बगैंचा , माछा, कुखुरा , बाख्रा लगायत दलहन बाली , तेलहन बाली, गहुँ , धान, मकै आदि को अध्यन अनुसन्धान हुने गर्दछ यो जानकी गाउँ पालिकामा रहेको छ।
    १६) नेपालगन्ज मा रहेको महेन्द्र पार्क र मिनि जु पनि भ्रमण का लागि उपयुक्त गन्तव्य हुन् तर यो ठाउँ लाई अझै रमणीय र राम्रो बनाउन स्थानीय सरकार को विशेष ध्यान पुग्न आवश्यक छ।
    १७) हेप्पी वर्ल्ड फनपार्क । निजिक्षेत्रबाट लगानी भएको यो पार्क हालसालै मात्र सन्चालनमा आएको छ बाँकेको हवल्दार पुर मा रहेको यो फनपार्क सबै उमेर समुहको लागी उपयुक्त छ भने बालबालिका क लागी बिशेष रहेको छ।

    १८) मेरो प्लानेट नेपालगन्ज उपमहानगर को बलेगाउम निजि क्षेत्रबाट खुलेको फनपार्क हो, भर्खरै मात्र सन्चालन मा आएको यो पार्क केटाकेटी देखि अन्य उमेर समुह का लागी समेत उपयुक्त छ।
    १९) खजुरा गाउँ पालिकामा रहेको मिनिपार्क निजितवर बाट सन्चालन मा ल्याइएको बाँके जिल्ला कै पहिलो र एकमात्र बगैचा हो, सुन्दर र हरियाली बगैंचा सहित पिकनिक स्थल र रेस्टुरेन्ट सहित रहेको छ।
    २०) कोहलपुर चौराहबाट केही किलोमीटर अगाडि गएपछि हामी भ्युटावर स्थल पुग्छौं । यो पनि बाँके जिल्ला मा घुमफिर का लागि उपयुक्त गन्तव्य हो।

  • १५ पुष २०७७, बुधबार १४:०६ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा