नेपालगन्ज उपमहानगरपालिका २ वडा कार्यालय भवन निर्माणको शिलान्यास - Dastabej

नेपालगन्ज उपमहानगरपालिका २ वडा कार्यालय भवन निर्माणको शिलान्यास


  • दस्तावेज

  • नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका २ दैलेखी बंगलामा वडा कार्यालय भवन निर्माणको शिलान्यास गरिएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा, वडा अध्यक्ष सुनिलसिंह हमाल लगायतले बुधबार भूमीपुजनसहित शिलान्यास गरेका हुन । नगर प्रमुख राणाले ६ महिनाभित्रै भवन निर्माण सक्ने गरि काम गर्न उपभोक्ता समितिलाई आग्रह गरे । उनले उप–महानगरपालिकाबाट आवश्यक सहयोग गर्ने बताए । । वडा अध्यक्ष हमालका अनुसार भवन निर्माणका लागि वडाले ५० लाख रुपिया बजेट विनियोजन गरिएको छ । वडाको छुट्टै प्रशासनिक भवन निर्माण गर्न लागिएको हो । वडा कार्यालयसँगै बर्थिङ सेन्टर सहितको स्वास्थ्य भवन निर्माणको अन्तिमचरणमा रहेको छ । भवनका लागि संघीय सरकार लगायतबाट सहयोग प्राप्त हुने वडा कार्यालयले बिश्वास ब्यक्त गरिएको छ ।

  • १५ पुष २०७७, बुधबार १४:५७ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा