भारतमा कोरोनाभाइरसको नयाँ प्रकार देखा परेपछि नेपालभारत सीमामा कडाइ - Dastabej

भारतमा कोरोनाभाइरसको नयाँ प्रकार देखा परेपछि नेपालभारत सीमामा कडाइ


  • दस्तावेज

  • बिबिसी— कोभिड महामारी भारतमा कोरोनाभाइरसको नयाँ प्रकार देखा परेपछि नेपालभारत सीमामा कडाइ गरिँदै
    कोरोनाभाइरस फैलिएको प्रारम्भिक चरणमा पनि नेपाल(भारत सीमामा निकै कडाइ गरिएको थियो । सुरुमा यूकेमा देखा परेको नयाँ प्रकारको कोरोनाभाइरसका सङ्क्रमितहरू भारतमा पनि देखिएसँगै नेपाल(भारत सीमा नाकामा निगरानी र क्वारन्टीनको नियम फेरि लागु गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले बताएका छन्। सीमाका विभिन्न ठाउँमा हेल्थ डेस्क राख्ने र जनशक्ति बढाउनेगरी विभिन्न निकायहरूसँग समन्वय भइरहेको उनीहरूको भनाइ छ। यूकेबाट नेपाल आएकामध्ये हालसम्म पाँच जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको र नयाँ प्रकारको कोरोनाभाइरस भएरनभएको पुष्टिका लागि नमुना हङ्‌कङ पठाउन लागिएको अधिकारीहरूको भनाइ छ।
    सीमाको स्थिति के छ ?
    यूकेमा देखिएको नयाँ प्रकारको कोरोनाभाइरस बिस्तारै विभिन्न देशमा फैलिन थालेसँगै नेपाल सरकारले यूकेबाट आउन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। हाल नयाँ कोरोनाभाइरसका सङ्क्रमित भारतमा समेत भेटिएपछि नेपालमा पनि भित्रिन सक्ने चिन्ता बढेका छन्।
    भारतमा छ जनामा देखियो नयाँ प्रकारको कोरोनाभाइरस
    कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर थुप्रै देशद्वारा यूकेको यात्रामाथि प्रतिबन्ध घोषणा नेपाल(भारत सीमा खुला भएकाले भारतबाट कोरोनाभाइरसको नयाँ प्रकार नेपाल भित्रिन सक्ने सम्भावना उच्च रहेको निष्कर्ष सरकारी निकायहरूले पनि निकालेका छन्। तसर्थ स्थल र हवाई मार्गबाट आएकाहरूलाई क्वारन्टीन र परीक्षण अनिवार्य गर्नेगरी काम सुरु गर्न लागिएको बताइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारी भन्छन्, ूजोखिमको आधारमा आवागमनहरूलाई व्यवस्थित गर्ने, विदेशबाट भित्रिने सबै नाकाहरूमा निगरानी बढाउने, अनि आएका व्यक्तिहरूलाई क्वारन्टीनमा राख्ने र परीक्षण गर्ने रणनीतिहरू अलि सघन रूपमा अघि बढाइएको अवस्था छ। दश दिन क्वारन्टीनमा बस्न र बसाउन सबै निकायसँग समन्वय अघि बढाइएको छ।
    के नेपालमा हुन्छ परीक्षण ?
    नयाँ प्रकारको कोरोनाभाइरस यूकेबाट विभिन्न देशमा फैलिएलगत्तै कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को बैठक एक पटक बसेको थियो। भारतमा समेत देखिएपछि सीसीएमसीको थप बैठक छिट्टै बसेर थप निर्णय लिने बताइएको छ। अहिले पनि नेपालीहरूलाई प्रवेशका लागी भारतसँगका १४ वटा नाका खुला रहेका र ती नाकामा बेलैमा सतर्कता अपनाउन नसके छिटो फैलिन सक्ने नयाँ प्रकारको कोरोनाभाइरसले नेपालमा सङ्क्रमण फेरि बढाउन सक्ने कतिपयको चिन्ता छ।
    यूकेबाट आएका मानिसको स्थिति के छर ?
    यूकेबाट नेपाल आएकाहरू मानिसहरूलाई अहिले होटलमा क्वारन्टीनमा राखिएको र उनीहरूको परीक्षणको काम भइरहेको बताइएको छ। परीक्षण भएकामध्ये पाँच जनामा कोरोनाभाइरस पुष्टि भएको र त्यो नयाँ प्रकारको कोरोनाभाइरस भएरनभएको निर्क्योल भइनसकेको अधिकारीहरूको भनाइ छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डे भन्छन्, ूविश्व स्वास्थ्य सङ्गठनको सहयोगमा डब्ल्यूएचओको हङ्‌कङस्थित सेन्टरमा नमुना पठाएर अध्ययन गर्दैछौँ।
    नयाँ प्रकारको भाइरस निर्क्योल गर्न आवश्यक पर्न सक्ने सम्पूर्ण जीनोम सिक्वेन्सिङ गर्ने सुविधा नेपालमा नभएको उनले बताए।
    भिटामिन डीले कोभिडबाट जोगाउँछ कि जोगाउँदैन ?
    नेपालका केही स्थानमा समुदायमै कोरोनाभाइरस प्रतिरोध क्षमताु बनेको अनुमान तर आनुवंशिक अनुसन्धानको क्षेत्रमा काम गरिरहेका एक वैज्ञानिकले नेपालमै यो परीक्षण गर्न सकिने सुविधा रहेको बीबीसीलाई बताए। जीनोम सिक्वेन्सिङ गर्ने क्षमता हामीसँग छ। हाम्रो प्रयोगशालामा पठाए केही दिनमा नतीजा दिन सक्छौँ,ू सेन्टर फर मलेक्यूलर डायनामिक्सका अनुसन्धान निर्देशक समीरमणि दीक्षितले भने।

  • १५ पुष २०७७, बुधबार १५:२५ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार