खजुरा गाउँपालिकाद्वारा स्वास्थ्य सामाग्री वितरण - Dastabej

खजुरा गाउँपालिकाद्वारा स्वास्थ्य सामाग्री वितरण

कोभिड–१९ विरुद्ध विद्यार्थीहरुलाई मनोसामाजिक परामर्श सेवा दिनका लागि ६ सय थान पुस्तक वितरण गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक निर्मल रेग्मीले जानकारी दिए ।


  • सुनिल रेग्मी

  • बाँकेको खजुरा गाउँपालिकाले २० वटा संस्थागत विद्यालय र ३ वटा क्यापसका विद्यार्थी र शिक्षकलाई कोभिड–१९ को संक्रमण न्यूनिकरणका लागि स्वास्थ्य सामाग्री वितरण गरेको छ । शिक्षा, युवा तथा खेलकुद शाखको आयोजनामा भएको कार्यक्रममा १३ हजार माक्स र २३ वटा थर्मल गन वितरण गरिएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल लगायतले सो सामाग्री वितरण गरेका छन् ।
    यसैबिच सोही कार्यक्रममा कोभिड–१९ विरुद्ध विद्यार्थीहरुलाई मनोसामाजिक परामर्श सेवा दिनका लागि ६ सय थान पुस्तक वितरण गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक निर्मल रेग्मीले जानकारी दिए । खजुरा गाउँपालिकाले विद्यार्थीको चाप बढि भएको ठाउँमा २ सिफ्ट र कम भएको ठाउँमा १ सिफ्टमा सुरक्षा मापदण्ड अपनाएर कक्षा सञ्चालन गरिरहेको छ ।

  • १५ पुष २०७७, बुधबार २०:३३ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा