जनताका लागि सडक कहिल्यै तातेन।
जनयुद्धका घाइतेका लागि सडक कहित्यै तातेन ।
जनयुद्धका बेपत्ताका लागि सडक कहिल्यै तातेन ।
जनयुद्धका मृतकका पक्षमा कहिल्यै सडक तातेन ।
जनयुद्धका बहिर्गमित सेनाका लागि कहिल्यै सडक तातेन ।
फगत सत्ता स्वार्थका लागि इगो र बदलाका लागि सडक ताती रह्यो ।
जनताका समस्या समाधानका लागि खै सडक तातेको ।
जनतालाइ शिक्षा स्वास्थमा पहुच दिन खै सडक तातेको ।
देशमा उधोग कृषि क्रान्तिका लागि खै सडक तातेको ।
गरिबलाइ साहारा दिन खै सडक तातेको ।
फगत सत्ता प्राप्ति र शक्ति पाउन मात्र सडक ताती रह्यो ।
यहाँ लोकतन्त्र भन्दै सडक तात्छ तर कस्तो लोकतन्त्र तो बुझ्न सकिएन ।
यहाँ प्रजातान्त्र भन्दै सडक तात्छ तर कस्तो प्रजातान्त्र बुझ्न सकिएन।
यहाँ गणतन्त्र भन्दै सडक तात्छ तर कस्तो गणतन्त्र बुझ्न सकिएन ।
तेते तन्त्र भए पनि नेतलाइ मात्र आयो जनता सधै दुखतन्त्रमा रहेको कोइले देखेन ।
जनताका लागि सडक कहिल्यै तातेन।