नेपालगन्ज— बाके बर्दियाका खेतहरु धान पाकेर पहेला भएका छन् । धान पाकेपछि किसानहरुलाई धान भित्राउन भ्याइनभ्याइ छ । नेपालीको प्रमुख चाड दशैको पुर्ब सन्ध्याका किसानहरु धान काट्न ब्यस्त छन । धान बेचेर दशै खर्च जुटाउने उद्देश्यले किसानहरुले छिटोछिटो धान तयार पारेर बिक्री बितरण गर्ने तयारी गरिरहेका छन् । नेपाल सरकारले धान रोप्नु भन्दा पहिले नै धानको न्युनतम मुल्य तोकेका कारण उत्साहित भएका किसानहरु नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु नगर्दा सस्तो मुल्य मै धान बिक्री गर्न बाध्य छन । यो बर्ष नेपाल सरकारले असारको ३ गते मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैया तोकेको थियो । बिगतका बर्षहरुको तुलनामा प्रति प्रतिक्विन्टल २ सय रुपैया बढाएर मुल्य तोकेका कारण यो बर्ष किसानहरु निक्कै उत्साहित थिए । धान तयार भई सकेको छ । किसानलाई चाडपर्बका लागि खर्च जुटाउन र गहु“ खेतीका लागि आबश्यक पर्ने मल खरिद गर्न यति बेला पैसाको आबश्यक छ । किसानलाई पैसा आबश्यक भएको बेला सरकारी कम्पनीले धान खरिद सुरु नगरेकाका कारण किसानहरुले सरकारले तोकेको मुल्य भन्दा प्रति प्रतिक्विन्टल ७ सय रुपैया कम अर्थात प्रति प्रतिक्विन्टल २ हजार मै धान बिक्री गरेर आफ्नो खर्च जुटाइ रहेका छन् ।
किसानबाट धान किन्ने जिम्मेबारी पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीहरुले भने मंसिरको ७ गते देखि धान किन्ने निर्णय गरेर मस्त संग चाडपर्ब मनाउने तयारी गरि रहेका छन । मंसिर सम्म ८० प्रतिशत भन्दा बढी साना किसानहरुले सस्तो मै धान ब्यापारीलाई बिक्री गरि सक्छन् । सरकारले साना किसानहरुका लाभ पुगोस भनेर ल्याएको धान खरिद गर्ने नीतिबाट साना किसान भन्दा बिचौलिया ब्यापारीहरुलाई लाभ पुग्ने देखिएको छ ।धानको सिजनमा रासायनिक मल नपाएका कारण राम्रो उत्पादन गर्न नसकेका किसानहरु सस्तो मुल्यमा धान बिक्री गर्न बाध्य भएका कारण निराश भएको बाके परस्पुरका किसान प्रबीन सिहले बताए । राम्रो बर्षात भए पनि समयमा रासायनिक मल नपाएका कारण आशा गरेर जस्तो उत्पादन नभएको किसानहरुले भनाई छ ।
खेतीको सिजनमा बिउ र मल कहिल्यै सहज रुपमा पाउन नसकेको गुनासो किसानहरुको छ । समयमा मल नपाउदा धानमा किरा लागेर उत्पादनमा असर परेको छ । सरकारले धान खेतीको सिजनमा रासायनिक मल उपलब्ध पनि गराउन नसक्ने सीमाबर्ति भारतिय गाउहरुबाट लुकी छिपी रासायनिक मल ल्याउन किसानहरु बाध्य भएका थिए । गहु“को सिजनमा पनि रासायनिक मल पाइनेका किसानहरुले आशंका गरि रहेका छन् । पहिलो पटक धानबाली लगाउनु अगावै धानको न्यूनतम समर्थन मूल्य तोकेको बताउदै कृषि मन्त्रालयका अधिकारीहरुले किसान यो बर्ष धानको उचित मुल्य पाउने दाबी गरेका थिए ।
सरकारको नीति तथा कार्यक्रममा कृषकको लागतका आधारमा उत्पादनको उचित मूल्य प्राप्त गर्ने गरी कृषि उपजको बजारीकरणको प्रबन्ध गरिने उल्लेख गरिएको थियो । सोही नीतिअनुसार धान बाली लगाउनुअघि नै मूल्य तोकिएको हो । सरकारले समयमै मूल्य तोकेका कारण किसानहरुको मोलमोलाई शक्ति बढ्ने र राम्रो मुल्य पाउने दाबी कृषि मन्त्रालयका अधिकारीहरुले गरेका थिए । तर किसानलाई पैसा आबश्यक भएको बेला सरकारी कम्पनीले धान खरि नगरेका कारण ब्यापारीहरुले निक्कै कम मुल्यमा खरिद गरि रहेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालू आर्थिक वर्ष २०७७÷७८ मा ६० हजार मेट्रिक टन धान खरिद गर्नका लागि १ अर्ब ७९ करोड ३१ लाख ५५ हजार बजेट छुटटाएको थियो । यति ह“ुदा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु गरेको छैन । कोरोनाको संक्रमण चाड पर्ब, धान खरिदका लागि आबश्यक पर्ने बोराहरुको अभाब जस्ता कारण देखाएर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंसिरको ७ गते देखि धान खरिद गर्ने तयारी गरेको कम्पनीका नेपालगन्ज शाखा प्रमुख निर्मल थापाले बताए ।खाद्य कम्पनीले गत बर्ष बाकेको नेपालगन्जबाट करिब ४० हजार क्विन्टल खरिद गरेको थियो ।