बर्दियामा डेढ करोड  बढीको लागूऔषध बरामद - Dastabej

बर्दियामा डेढ करोड  बढीको लागूऔषध बरामद


  • सुनिल रेग्मी

  • बर्दियामा सशस्त्र प्रहरीले साढे २३ किलो लागूऔषध सहित एक महिलालाई पक्राउ गरेको छ । मंगलबार राति ११ बजे सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दिया मातहत रहेको विओपी कट्टीले साढे २३ किलो अफिम र चरेससहित रुकुमको बाफिकोट गाउँपालिका ८ डुलेकी ३८ बर्षीया निर्मला बाठा मगरलाई पक्राउ गरेको हो ।सशस्त्र  प्रहरी निरिक्षक टिकाराम मैनालीको कमाण्डमा खटिएको ७ जनाको मोबाइल टोलीले गुलरिया १ गाउँ नम्बर १० बोर्डर इलाकाबाट अफिम र चरेससहित उनलाई पक्राउ गरेको हो । बुद्धि दमाईको घरमा फेला पारी खोजतलास गर्दा मगरबाट साढे ५ किलो अफिम, त्यस आसपासमा गरिएको खोजतलासबाट १३ किलो अफिम र ५ किलो चरेस बरामद भएको हो ।

    बरामद गरिएको लागूऔषधको बजार मूल्य १करोड  ४९ लाख बढी रहेको बताइएको छ । निर्मलाको साथबाट गुलरिया १ सानोश्री ठेगाना उल्लेख भएको ४० वर्षीया बाल कुमारी बिक र पाल्पा बाका मालाङ गाउँपालिका ६ का ४२ वर्षीय दान बहादुर मल्लको नागरिकता पनि बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै उनबाट ३ थान मोबाइल र चार्जर ब्याकअप समेत बरामद भएको सशस्त्र प्रहरी उपरिक्षक नरबहादुर रावतले जानकारी दिनुभयो । बरामद गरेको चरेस, अफिम लगायतका सामान आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाइएको छ। निर्मलासँगै कारोबारमा संलग्न २ पुरुष र एक महिलाको खोजी कार्य तीब्र बनाइएको प्रहरीले जनाएको छ ।

    त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर मातहत रहेको विओपी फुटाहाबाट गएको प्रहरी टोलीले पनि लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । हिजो साँझ पौने ६ बजे सहायक प्रहरी निरिक्षक भुवनेश्वर न्यौपानेको कमाण्डमा खटिएको ७ जनाको मोबाइल टोलीले बढैयाताल गाउँपालिका २ फुटाहा बोर्डर इलाकाबाट नेपालतर्फ आउँदै गरेका बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर २ डाँफे बस्ने बर्ष १८ का बिष्णु गुरुङ्ग र सोही ठेगाना भएका १७ बर्षीय सागर सुनारलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागूऔषध Nitro vet -10- १६ चक्की र माक्स बोण्ड सोलुसन ५ पिस फेला पारेको हो । लागूऔषध सहित उनीहरु दुई जनालाई आवश्यक कारबाहीको प्रहरी चौकी जमुनीमा बुझाइएको छ

  • ५ कार्तिक २०७७, बुधबार १२:३३ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार