जसपाले गठन गर्‍यो समायोजन कार्यदल – Dastabej

जसपाले गठन गर्‍यो समायोजन कार्यदल


  • दस्तावेज

  • जनता समाजवादी पार्टी (जसपा)ले समायोजन सहजीकरण कार्यदल तथा कार्यतालिका तयार पारेको छ । गत बैशाखमा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) एकीकरण भएर बनेको जसपाले समायोजन प्रक्रिया टुंग्याउन कार्यदल गठन गरेको हो ।

    समायोजन सहजीकरणका लागि बनेको कार्यदलमा प्रदेश १ मा परशुराम खापुङ, परशुराम बस्नेत, केशव झा र मनिष सुमन तथा प्रदेश २ मा रामसहायप्रसाद यादव, मृगेन्द्रसिंह यादव, विजय यादव र सुनील रोहित छन् ।

    यस्तै, बागमती प्रदेशमा गंगानारायण श्रेष्ठ, वृषेशचन्द्र लाल, अकवाल अहमद शाह र रणध्वज कन्दङ्वा छन् । गण्डकीमा हेमराज राई र रमेश यादव, लुम्विनीमा नवराज सुवेदी, ईस्तियाक राई, सर्वेन्द्रनाथ शुक्ल र अमृता अग्रहरी रहेका छन् ।

    जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले २५ कात्तिकभित्र प्रदेश समायोजनका सम्पूर्ण काम सक्नुपर्ने निर्णय गरेको छ
    कर्णाली प्रदेशमा भक्तबहादुर शाह र गोविन्द चौधरी तथा सुदूरपश्चिम प्रदेशमा दुर्गा सोब, नवराज सुवेदी, राजकुमार लेखी, चन्दा चौधरी र दानबहादुर विश्वकर्मालाई कार्यदलमा राखिएको छ ।

    यसैगरी, भातृ तथा जनवर्गीय संगठन समायोजन सहजीकरण कार्यदलमा रकम चेम्जोङ, रामसहायप्रसाद यादव, हिसिला यमी, सुशीला श्रेष्ठ, उमाकान्त झा, वृषेशचन्द्र लाल, केशव झा, मनिस सुमन र दुर्गा सोब छन् ।

    गैर–भौगोलिक, शिल्पी र दलित विशेष प्रदेश सहजीकरण कार्यदलमा प्रकाश अधिकारी, दानबहादुर विश्वकर्मा, लक्ष्मणलाल कर्ण र महेन्द्रराय यादव, प्रदेश क्षेत्र विशेष कार्यदलमा हिसिला यमी, रेणुकुमारी यादव र राजकिशोर यादव तथा पहिचानमा आधारित राष्ट्रिय समितिहरू समायोजन कार्यदलमा राजेन्द्र श्रेष्ठ, डमरु बल्लभ खतिवडा, रणध्वज कन्दङ्वा, अरवल अहमद शाह, केशव झा र सुनील रोहित छन् ।

    दुई दिनसम्म राजधानीमा चलेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले २५ कात्तिकभित्र प्रदेश समायोजनका सम्पूर्ण काम सक्नुपर्ने निर्णय गरेको छ ।

    स्थानीय तहको १५ मंसिर, जिल्ला समन्वय र निर्वाचन क्षेत्र ३० मंसिर र जनवर्गीय संगठन, गैरभौगोलिक शिल्पी लगायतको समायोजन मंसिरमा सम्पन्न गर्नुपर्ने बैठकको निर्णय छ ।

    ‘समायोजन सहजीकरण कार्यदलले समायोजन कार्यमा सहजीकरण गरी समायोजन कार्य सम्पन्न गर्न सहजकर्ताको भूमिका खेल्ने,’ बैठकको निर्णयमा भनिएको छ, ‘प्रत्येक कार्यदलले लिखित रुपमा समायोजन सम्बन्धी भए गरेका कार्यको प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ ।’

    समायोजन कार्य अन्तरिम विधान र समायोजन निर्देशिका २०७७ मा व्यवस्था भए बमोजिम मापदण्ड विधि र प्रक्रियाको आधारमा गर्नुपर्ने जसपाका एक वरिष्ठ नेताले नेताले जानकारी दिए ।

    बैठकले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा संघीय परिषद् र ८०१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णयसमेत गरेको थियो ।

  • ५ कार्तिक २०७७, बुधबार १३:१७ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ५. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ६. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर