डुडुवामा आधारभुत सामुदायिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन - Dastabej

डुडुवामा आधारभुत सामुदायिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन

गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्न गाउँपालिका प्रमुख चौधरीको निर्देशन


  • सुनिल रेग्मी

  • बांकेको डुडुवा गाउँपालिका वडा नंं. ४ मा आधारभुत सामुदायिक स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भवनको बुधबार एक कार्यक्रमका विच उदघाटन गर्दै गाउँपालिकामा स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बञ्चित नहुन भनेर सबैलाई पायक पर्नेगरि स्वास्थ्य केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

    उहाँले गाउँपालिका अन्तर्गत  दुरदराज तथा पछाडी परेका र टाढा हुने सेवाग्राहीका लागि गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्न सहजताका लागि अझै पनि दुई स्थानमा स्वास्थ्य इकाई स्थापना गर्न लागेको बताउनुभयो । अध्यक्ष चौधरीले स्वास्थ्य केन्द्रमार्फत नागरिकहरुलाई सम्पुर्ण निशुल्क उपचारको व्यवस्था गरेको हुनाले सेवाका बारेमा जनगुुनासो तथा सरसल्लाह समेत दिन सेवाग्राहीलाई आग्रह गर्नुभयो ।

    गाउँपालिकाको १, २, ३, ५ र ६ नंं वडामा पहिलेदेखि स्वास्थ्य केन्द्रको भवन रहेको र वडा नंं ४ मा स्वास्थ्यको भवनको अभावमा सेवा प्रवाह गर्न असजिलो भएकाले भवन निमार्णपछि सेवा सहज हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार डलैपुर र पाझामा पनि स्वास्थ्य इकाई स्थापना गर्न लागिएको छ ।

    ४ नंं वडा कार्यालयको परिसरमा निर्मित ३ कोठे भवन संघिय सरकारबाट प्राप्त रु ३५ लाख अनुदान रहेको छ । भवनबाट प्रसुती सेवा बाहेक सबै स्वास्थ्य सेवा प्रवाह गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

    भवन उदघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, शाखा सहसंयोजक विरेन्द्र घले लगायतको उपस्थिती रहेको थियो ।

  • ५ कार्तिक २०७७, बुधबार २१:५१ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न