१५३ वर्षको ईतिहासमा पहिलो पल्ट रोकियो रामलिला - Dastabej

१५३ वर्षको ईतिहासमा पहिलो पल्ट रोकियो रामलिला

कोरोनाका कारण दसैंमा आएनन् रामसिता


  • दस्तावेज

  • नेपालगन्ज— दसैंको अवसरमा रामलिला मन्चनका लागि राम, सीता, लक्ष्मण, हनुमान र रावण लगायतको टोली घटस्थापनाको अघिल्लो दिनै मथुराबाट नेपालगन्ज आइपुग्थे । त्यस्को चहलपहल पहिले नै सुरु भइसक्थ्यो । घटस्थापनाका दिन रामको टोलीलाई नेपालगन्जमा शोभा यात्रा गराईन्थ्यो । तर यो वर्षको दसैंमा नेपालगन्जमा न राम आए न उनकी धर्म पत्नी सीता माईती भूमिमा आईन । नेपागन्जीयाहरुले घटस्थापनाका दिन रामसंगै भाईहरु भरत, लक्षमण र शत्रुधन तथा सीता अपहरणकारी रावण नै देख्न पाएनन् । कोरोना भाइरसको महामारीले १ सय ५३ वर्ष बोकेको रामलिलाको ईतिहासमा पहिलो पल्ट ब्रेक लागेको छ । रामलिला मन्चनका लागि दुलही झै सिंगारिने नेपालगन्जको रामलिला मैदानको मन्च खाली छ । रामलिला सन्चालन समितिले कोरोनाका कारण रामलिला मन्चन गराउन नसकेको हो । ‘म सानो छा“दा कुनैकुनै वर्ष हावाहुरी र पानीका कारण एक÷दुई दिन रामलिला रोकिएको देखेको छु । तर यसरी । रामलिला पूर्णरुपमै रोकिएको पहिलो पल्ट हो,’ रामलिला सन्चालन समिति नेपालगन्जका प्रचार महामन्त्री विष्णु कुमाल भन्छन्,‘रामलिला हेर्न भिड हुने र कोरोनाको महामारी झन फैलिनसक्ने भएकाले यो वर्ष रोकियो ।’ त्यसो त कोरोनाका कारण आर्थिक मन्दी लागेकाले पनि सम्भव हुन नसकेको हो ।
    दसंैको पहिलो दिन घटस्थापनाबाट रामलिला सुरु गर्ने परम्परा छ । यो क्रम रावमण बधसम्म चल्छ । अवधि संस्कृतिको अभिन्न अंग बनिसकेको रामलिला मन्चनका लागि कलाकारहरु भारतबाट ल्याउने गरिएको थियो । घटस्थापनाका दिन रामको टोलीले नेपालगन्जमा शोभा यात्रा गर्दा स्थानीयले भब्य स्वागत गर्ने चलन छ । गत वर्ष रामलिला मन्चनका लागि भारतको बिन्द्रावनबाट कलाकारको टोली आएको थियो । घटस्थापनादेखि सुरु हुने रामायणमा आधारित लिला रामको राज्याभिषेक (टिका) को रातसम्म चल्छ । रामलिलाले नेपालगन्जमा दसैंको थप रौनक बढाउदै आएको थिया । रामलिला राति ८ वजेदेखि १२ बजेसम्म चल्छ । हिन्दुमात्रै होईन अन्य धर्मालम्बीहरु पनि लिला हेर्ने जम्मा हुने गरेका थिए । ‘घटस्थापनाका दिनदेखि रामलिला सुरु हुन्थ्यो । रावण बध र राम अयोध्याको राजा भएको घटनाक्रमसम्म चल्थ्यो,’ रामलिला सन्चालन समितिका प्रचार महामन्त्री कुमाल भन्छन्,‘यो वर्ष रामलिला मन्चन गराउन सकिएन । त्यसैले दसैंमा खासै उत्साह पनि छैन ।’
    भारतको सीमासंग जोडिएकाले नेपालगन्जमा सन १६४० बाट रामलिाल मन्चन सुरु भएकोे जानकारहरु बताउ“छन् । रामलिला मन्चन भारतीय सीमा शहरबाट नेपालगन्ज प्रवेश गरेको हो । बा“के बगियाको खुला चौरलाई रामलिला मैदान नामाकरण गरी मन्चनका लागि मन्च निर्माण गरिएको छ । जहा“ हरेक वर्षको दसंैंका अवसरमा रामलिला मन्चन हुने गरेको थियो । कोरोनाका कारण लिला रोकिएपछि रामलिला सन्चालन समितिले स्थानीय टेलीभिजनबाट राति ८ वजेदेखि १२ वजेसम्म रामयण हेर्न मिल्ने व्यवस्था मिलाएको छ । तर प्रत्यक्षरुपमा लिला हेर्न बानी परेको नेपालगन्जीयाहरुलाई भने घरमै टिभी हेरेर रामयण बसेर हेर्नु पर्ने छ । ‘लाईभ हेर्नुको मजा छुट्टै छ । टिभीमा सधै हेरिन्छ नि,’ त्रिभुवन चोकका स्थानीय गोपाल गुप्ता भन्छन्,‘कोरोनाले नेपालगन्ज सुनसान हुने भो ।’ रामलिलाको कथा भारतको अध्योध्या नरेश राम र जनकपुरकी चेली सीताको जीवनीमा आधारित छ । उक्त कथालाई कलालकारहरुले नाट्यरुपमा जीवन्त प्रस्तुत गर्छन । यो क्रम रावण बधसम्म चल्छ । सत्यमाथि विजयीको प्रतिकको रुपमा मनाईने बिजय दशमी (दसैं) भरी नेपालगन्जमा रामलिलाको रौनक रहन्थ्यो ।
    रामलिला सन्चालनका लागि स्थानीयले बार्षिक १५ लाख बढी रुपैया“ आफै जम्मा गरेर खर्च गर्दै आएका छन् । पुर्खाले डेढ सय वर्षदेखि सुरु गरेको रामलिला संस्कारलाई आफ्नै खर्चमा जोगाउन लागिपरेको उनीहरु बताउ“छन् । ‘पुर्खाले जोगाएर संस्कारका लागि चन्दा मागेर भए पनि रामलिला गराउदै आएका थियौ । तर यो दसैंमा गर्न सकिएन,’ रँमलिला सन्चालक समितिका अध्यक्षमा हालै मनोनित सुरेश कनौडिया भन्छन्,‘रामलिला संस्कृतिमात्रै होईन ईतिहास बनिसक्यो । त्यसैले सर्वसाधारणहरुले पनि सहयोग गर्छन ।’
    कलाकारको पारिश्रमिकदेखि खाने, बस्ने र कला मन्चन ब्यवस्थापनका लागि बढी रकम खर्च हुन्छ । रैथाने स्थानीयकै जन सहयोगमा रामलिलाको परम्परा जोगिएको हो । दसैंका अवसरमा समुदायमा सकारात्मक सन्देशको प्रचारप्रसार गर्न र राम राज्यको अनुभुति दिलाउन नेपालगन्जीयाहरुले परम्परालाई निरन्तरता दिएका हुन । रामलिलामा रामले अन्यायका लागि लडेको कथा र प्रजालाई गर्ने व्यवहार बारे प्रस्तुत गरिन्छ । राम, सीता, रावण लगायतका प्रमुख पात्रको पारिश्रमिक ५० हजार भारु पर्छ । रावणका लागि थप डेढ लाख भारु खर्च हुने गर्छ । करिव ४५ देखि ५० फिट आग्लो कदको रावण बनाउन १ लाख १० हजार भारु पर्छ । दसैंको अन्तिम दिन रावण जलाईन्छ ।
    क्याप्सन ः घटस्थापनाका दिन रामलिला मन्चन हु“दै आएको सुनसान नेपालगन्जको रामलिला मैदान । ठाकुरसिंह थारु÷तस्बिर ः कान्तिपुर

     

  • ६ कार्तिक २०७७, बिहीबार १०:३८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार