बाँके—बर्दियाको सीमा मानखोलामा चार झुलुङ्गे पुल बन्दै - Dastabej

बाँके—बर्दियाको सीमा मानखोलामा चार झुलुङ्गे पुल बन्दै

पुल निमार्णपछि खोला पस्नु पर्ने बाध्यता हट्ने


  • शम्भुप्रसाद थारु

  • बाँके— बर्दिया र बाँकेको सीमामा मानखोलामा तीन वटा झुलुङ्गे पुल निर्माणको काम सुरु भएको छ । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ बुटहा र बाँके बैजानाथ गाउँपालिका ८ गुरदीयालपुर जोड्ने कोठार घाट, बैजानाथ १ च्यामा र चिसापानी जोड्ने च्यामाघाट र बैजानाथ वडा नम्बर १ र २ जोड्ने भट्ठीटोल घाटमा झुलुङ्गे पुल निर्माणको काम सुरु भएको हो । त्यस्तै बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर १ र बाँकेको खजुरा २ लाई जोड्ने देबीघाटमा पनि झुलुङ्गे पुलनिर्माण हुने योजना रहेको छ । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ र बैजानाथ गाउँपालिका वडा नम्बर ८ जोड्ने कोठार घाटको झुलुङ्गे पुल प्रदेश सरकारको आर्थिक सहयोग र झुलुङ्गे पुल सहयोग इकाई नेपालगन्जको प्राबिधिक सहयोगमा पुलनिर्माण भैरहेको इन्जिनियर प्रकाश बमले बताए । थनी निर्माण सेवा काठमाडाँैसंग १ करोड ८७ लाखमा ठेक्का सम्झौता भै काम सुरु भएको छ । ठेकेदार कम्पनीका प्रतिनिधि पुष्पा दहालका अनुसार २ सय ४ मिटर लामो निर्माण भैरहेको काम सुरु भएको चार महिनामा सम्पन्न हुने जनाए । निर्माण भैरहेको उक्त पुलले बर्दियाको बुटहा गाउँ र पर्यटकीय स्थल बढैयातालाई प्रत्यक्ष जोड्ने छ भने बाँकेको बैजानाथ गाउँपालिकाको गुरदयालपुर गाउँ र टिटिहिरिया गाउँलाई प्रत्यक्ष जोड्ने छ । त्यस्तै बैजानाथ वडा नम्बर १ चिसापानी र च्यामामा निर्माण भैरहेको झुलुङ्गे पुल एक सय १६ मिटर लामो निर्माण हुनलागेको छ । संघिय सरकारको आर्थिक सहयोग र झुलुङ्गे पुलनिर्माण सहयोग इकाई नेपालगन्जको प्रबिधिक सहयोगमा निर्माण भैरहेको छ । उपभोक्ता समिति मार्पmत ९३ लाखमा उक्त पुल निर्माण गर्ने लक्ष्य छ । बैजानाथ १ र २ जोड्ने भट्ठीटोल घाटमा ८८ लाखमा पुलनिर्माण भैरहेको छ । उपभोक्ता समिति मार्पmत निर्माण भैरहेको उक्तपुल ८८ लाखको संघीय सरकारको बजेटमा निर्माण भैरहेको हो । पुल १ सय २ मिटर लामो निर्माण हुन लागेको छ । निर्माण हुन लागेको सबै पुल चालु आर्थिक बर्षमै असार मसान्तभित्रमा नै सम्पन्न हुने बताइएको छ । झुलुङ्गे पुल नहुदां सर्वसाधारणहरु बर्षौ देखि मानखोलामै पसेर वारपार गर्दै आएका छन् । बर्षाको समयमा मानखोला बढेपछि आउजाउ बन्द हुने गरेको छ । मानखोलाको वारपार गर्न ५ मिनेट लाग्ने समयमा वर्षा समयमा घण्टौ समय लगाएर राजमार्ग र हुलाकी सडक भएर जानुपर्ने बाध्यता छ । मानखोला वारपार गर्दा बर्षौदेखि समास्या भोग्दै आएका बैजानाथ गाउँपालिका वडा नम्बर ८ गुरदयालपुरका केदार थारुले पुल निर्माणको सुरु भएपछि खुसी व्यक्त गरे । उनले पुल निमार्णपछि आउजाउ गर्न सहज हुने बताए । बढैयाताल गाउँपालिका ४ बुटहाका समाजसेबी लल्लुराम थारुले झुलुङ्गे पुल निर्माण भैसकेपछि बढैयातालमा पर्यटक आउजाउ गर्न सहयोग पुग्ने विश्वास जनाए । उनका अनुसार बढैयातालमा पर्यटक भित्रियाउनका लागि झुलुङ्गे पुलको निर्माणले टेवापुग्ने छ । बैजानाथका अगुवा चन्द्र चौधरीका अनुसार झुलुङ्गे पुलनिर्माण भैसकेपछि सर्वसाधारणको आउजाउ सहज हुने जनाए । बढैयाताल गाउँपालिकाका ४ का वडा अध्यक्ष कर्णबहादुर थापाका अनुसार बर्षौदेखि पानीमा टेकेर खोला पार गर्ने दिन केही महिनामा समाप्तहुने बताए ।

     

  • ६ कार्तिक २०७७, बिहीबार १५:१७ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता