जिल्ला प्रंशासन कार्यालय बाँकेले बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग रोक्न निर्देशन गरेको छ । प्रशासनले निर्णय गर्दैै बिदाको दिनमा कुनै पनि कार्यालयका कर्मचारी र स्थनीय जनप्रतिनिधिले सरकारी सवारी साधन प्रयोग गर्न नपाउने जनाएको हो । तर बाँकेमा उक्त निर्णयको पुर्णरुपमा पालना भएको देखिदैन । स्थानीयहरुका अनुसार बिदाको दिनमा सरकारी सवारी साधनको दुरुपयोग भएको जनाएका छन् । नेपालगन्ज वडा नम्बर ५ का अजाद खानका अनुसार स्थानीय जनप्रतिनिधिहरुले बिदाको दिनमा सरकारी सवारी साधन प्रयोग गर्ने गरेको बताए । उनका अनुसार सरकारी कामकाज बाहेक घरपरिवार संग घुम्न जाने र व्यक्तिगत काममा प्रयोग गर्ने गरेकाछन् । त्यस्तै सरकारी कार्यालयका उच्च तहका कर्मचारीले पनि आप्mनो व्यक्तिगत कामकाजमा सरकारी सावरी साधन प्रयोग गरी दुरुपयोग गर्ने गरेको स्थानीयहरुको भनाई छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार अत्याअवश्यक कामका लागि अनुमति लिएर सरकारी सवारी साधन प्रयोग गर्न पाउने बताए । उनका अनुसार सरकारी सावारी साधन दुरुपयोग हुन नदिनका लागि छड्के निगरानी बढाइएको छ । अनुमतिबिना सरकारी सवारी साधन बिदाको दिनमा चलेको पाइए कारवाही गरिने बताए । जिल्ला ट्रफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले केही दिनअघि राप्ति सोनारीको कुसुममा अनुमति नलिएका सरकारी सवारी सधान नियन्त्रणमा लिएको बताए । तर उक्त सवारी सधान बाहिरी जिल्लाको भएकाले सम्बन्धित कार्यालयको सिफारिसमा छोडिएको जानकारी दिए । दसैको बिदाको दिनबाट अझ कडाईका साथ सरकारी सवारी सधानलाई निगरानी गरिने छ । त्यस्तै ट्रफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी नायब निरीक्षक सिद्धि गणेश शाहले सरकारी सवारी साधनको पास हेरेर मात्रै चल्न दिने गरिएको दाबी गरे । हालसम्म बिदाको दिनमा सरकारी सवारी साधन अनुमति बिना चलाएको फेला नपरेको उनले जनाए । ‘दसैमा सरकारी सवारी सधानन दुरुपयोग हुन सक्ने भएकाले थप कडाईका साथ निगरानी गरिने छ,’ शाहले भने ।