बाँके— नेपालगन्जको मुटुमा रहको चोक त्रिभुवन चोकको नामले प्रसिद्ध छ । दोस्रो जन आन्दोलनमा उर्लेको जनसागरले पुर्ब राजा स्वर्गीय त्रिभुवनको मुर्ती तोडफोड भयो । मधेस आन्दोलनमा कमल मधेसीको प्रहरीको गोलीले मृत्यु भएपछि मधेसी समर्थकले चोकको नाम कमल मधेसी चोक भन्न थाले । नयाँ संविधान जारी भएयता चोकमा नेपालको झण्डा राखियो । नेपागन्ज उपमहानगरपालिकाको सहकार्यमा नेपालगन्ज उद्योग बाणिज्य संघले आधुनिक चोक निमार्णको प्रयास भयो । नयाँ चोक निमार्णका लागि त्रिभुवन चोक तोडफोडका लागि डोजर प्रयोग भएपछि स्थानीय प्रतिरोधमा उत्रिए । चोक निमार्णको काम फेरि रोकियो । जीर्ण चोकलाई प्लास्टिकले लामो समयसम्म छोपेर राखियो । तर पछिल्लो पल्ट भने चोक निमार्ण त भयो तर त्रिभुवनको मुर्ति भने राखिएन । नगरपालिकाले विवाद हुन सक्ने भन्दै नेपाली झण्डा राखिएको छ । नगर प्रमुख डा. धवलशम्सेर राणाले बिहिबार चोकको उदघाटन गरेका हुन । डा. राणा राजासहितको संबिधान माग गर्दै आएको राप्रपाका नेता हुन ।