बाँके— कोरोनाबाट संक्रमित दांग लम्ही नगरपालिका ५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई असोज २७ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि भर्ना गरिएको थियो । उनी लामो समयदेखि रक्तचाप, मधुमेहबाट पीडित रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । यससंगै बाहिर जिल्लाबाट उपचारका लागि नेपालगन्ज ल्याइएका १५ जनाको ज्यान गइसकेको छ । बाँकेको मात्रै २९ जनाको मृत्यु भइसकेको छ ।