सिटी युथ एकेडेमी क्लबलाई खेल सामाग्री सहयोग - Dastabej

सिटी युथ एकेडेमी क्लबलाई खेल सामाग्री सहयोग

जग्गा लिजमा लिएर प्रशिक्षण केन्द्र सञ्चालन गर्ने योजना


  • सुनिल रेग्मी

  • सिटी युथ एकेडेमी क्लब बाँके कोहलपुर विजया दशमी शुभ दिपावली तथा छठ पर्व २०७७ को शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।  सिटी यूथ एकेडेमी क्लबका अध्यक्ष युवराज शाहीको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा निर्माण व्यवसायी तथा समाजसेवी अर्जुन पनेरुले जर्सि तथा फुटबल सहयोग गरेका छन् । कार्यक्रममा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, गैर सरकार संस्था महासंघ नेपाल बाँकेका सूचना अधिकारी शंकर न्यौपाने, यातायात व्यवसायी टंक बस्याल, आईटीएफ नेपाल प्रदेश नं. ५ का अध्यक्ष विरेन्द्र बहादुर शाही, राष्ट्रिय युवा संघ नेपाल कोहलपुर संयोजक नवकिरण शाह लगायत एकेडेमीका खेलाडीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले कोरोना माहामारीका कारण खेलाडीहरु दैनिक अभ्यासमा उपस्थित हुन नसकेको अवस्थामा राज्यले खेल क्षेत्रमा विशेष सहयोग गर्नुपर्ने बताए ।
    उनले भने कोरोनाका कारण पछिल्लो समय मृत्यु दरको संख्या बढ्दै गएको अवस्थामा सबैले सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पालना गरी चाडपर्ब मनाउन पनि आग्रह गरेको थिए । कार्यक्रममा बोल्दै सिटी युथ एकेडेमी क्लबले फुटबल एकेडी सञ्चालन गर्ने लागेको क्लबका अध्यक्ष युबराज शाहीले बताए । उनले फुटबल प्रशिक्षणको लागि जग्गा लिजमा लिएर प्रशिक्षण केन्द्र सञ्चालन गर्ने योजना बनाएको बताएका छन् । उनले क्लबले दक्ष खेलाडी उत्पादनमा जोड दिँदै आगामी दिनमा विभिन्न रणनितीका साथ अगाडी बढ्ने क्लबका अध्यक्ष शाहीले बताए ।

  • ६ कार्तिक २०७७, बिहीबार २२:०४ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा