नेपालगन्ज— कोरोनाको महामारी छ । त्यसैले पश्चिम तराईका थारु गाउँमा दसैंको खासै चहलपहल छैन । तर दसंैंलाई लक्षित गरेर म्युजिक भिडियो भने धमाधम बनिरहेका छन् ।
ए हो मदराके झलारमा मोर दिल बझ्गिल
फूलहस सुन्दर मोरे गोरी दिल बैठगील ।
मादलमाथि राखिएको कपडाको झलराले दिल बुझ्यो । फूलजस्तो सुन्दर मायालुसंग दिल बस्यो । एक महिनाअघि थारु गाउँमा दसैंका गीत यसैगरी गुन्जिन्थे । भदौंको हरेरी पूजापछि एक दिन बिराएर हुरडुङ्गा नाच हुन्थ्यो । तर पछिल्लो पुस्ताको पालामा यस्ता दसैंहा गीत कमै गुन्जिन थालिसके । मादल बजाउने (मिरडँगीया) र नाच्ने (नाचनिया) बीच पैँया लगाएको दृश्य हराउन थालेपछि केही युवाहरुले म्युजिक भिडियो मार्फत संरक्षणमा जुटेका छन् । दसैं नजिकिदै गएपछि परम्परागत गीतका म्युजिक भिडियो छायांकन धमाधम भइरहेका छन् । थारु मोडेल राजकुमार थारुका अनुसार थारु युवाहरुले आफ्नै लगानिमा दसंैं गीत गीतको म्युजिक भिडिया बनाई रहेको बताए । स्थानीयले पम्परागत दसैंहा गीत आफ्नै घर आँगनमा हेर्न पाएमा खुसी जनाए । ‘हाम्रा पुर्खाले बचाएको दशैंहा गीत आजकल मुस्किलले सुन्न पाईन्छ । पहिले एक दिन बिराएर नाचगान हुन्थ्यो । अहिले भिडियो बनाउने बेलामात्रै हेर्न पाईन्छ,’ उनले भने ।
मोडेल राजकुमारले थारुले सस्कृतिको संरक्षण गर्नका लागि अ म्युजिक भिडियो निमार्ण गर्दै आएका छन् । रियलमा दसंैको गीत लोप हुन थालिसक्यो । दसैंको अष्टमी र नवमीका दिन मुस्किलले नाच हुन्छ । त्यसैले पुर्खाले जोगाएर यहाँसम्म ल्याई पु¥याएको संस्कृतिको संरक्षणमा सहयोग पु¥याउन प्रयास युवाहरुल गर्दै आएका छन् । नयँ पुस्ताका युवाहरुलाई थारु संस्कृति तर्फ आकर्षित गर्न दशैंहा गीतको भिडियो निमार्ण गरिन थालिएको होे । दसैंको आगमनसंगै थारु युवाहरुले म्युजिक भिडियो निमार्ण गरिरहेका छन् । यसअघि पनि दसंैसंग सम्बन्धित थुप्रै म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । फरक संस्कृति, कलामा रमाउन थारु समुदायको संस्कृति धरापमा पर्दै गएको छ । तर युवाहरुमा भने आफ्नो मौलिक संस्कृतिप्रति चेत आउन थालिसकेको छ । चाडपर्वका बेलामा केही हदसम्म परम्परागत गीत गुन्जिन्छन् । चाडपर्व अगावै थारु गाउँमा रौनक र खुसीको महोल छाउनु उक्त समुदायको अर्को विशेषता हो । युवायुवतीहरु हुरडुङवा, सखिया र छोक्रा नाच गरेर परम्परा जोगाउने प्रयासमा छन् । परम्परा र मौलिक गीत, नृत्य र बाद्यबादन बिर्सिन थालेका केही थारु युवाहरुले पुराना पिढीबाट सिक्न थालेका छन् । दसैंका सबैजसो गीत रमायण र देबीदेउटासंग सम्बधित रहेको जानकारहरुले बताउँछन् । पुराना पुस्ताले थारु संस्कृति र मौलिक गीतलाइ २१ औ शताब्दिसम्म ल्याइ पु¥याएका छन् । बर्षापछि धान लगायतका वाली हरियाली भएपछि थारु गाउ“मा हरेरी पुजा हुन्छ । त्यसदिनदेखि थारु गाउ“मा मादल बज्थ्यो । बालीनालीमा किरा नलगोस भनेर गरिने हरेरी पूजाले दसैं आउन थालेको संकेत गर्छ । त्यही दिनदेखि थारु समुदायले नाचगान गरी दसैंको अगामनलाइ स्वागत गर्ने चलन छ ।