४ घण्टा लामाे नेकपाको सचिवालय बैठक निष्कर्षविहीन - Dastabej

४ घण्टा लामाे नेकपाको सचिवालय बैठक निष्कर्षविहीन


  • दस्तावेज

  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुङ्गिएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे चार घण्टा लामाे बैठकमा खास निष्कर्ष ननिस्किएको र थप छलफल जारी राख्ने सहमति भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँले पार्टीको आन्तरिक सङ्कटलाई सहमतिको आधारमा कसरी सम्बोधन र समाधान गर्ने भन्नेबारेमा दुई अध्यक्ष र अरु नेताबीच गृहकार्य भइरहेको र सचिवालयले त्यसबारेमा अझै छलफल गरेर पार्टी एकतालाई रक्षा गर्न तथा जनादेशअनुसार काम गर्ने गरी अझै थप छलफल गर्ने सहमति भएको बताउनुभयो ।

    प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेको विषय बैठकमा प्रवेश गर्‍याे कि गरेन भन्ने पत्रकारहरुको प्रश्नमा प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘राजीनामाको कुनै विषय औपचारिक प्रस्ताव बनेको थिएन । पार्टीमा छलफलका क्रममा विभिन्न नेताहरुले के गरेर आजको सङ्कट समाधान गर्न र जिम्मवारी पूरा गर्न सकिन्छ भन्ने बारेमा विचार राखनुभएको थियो । त्यो विचारहरु प्रस्ताव बनेको र निर्णयार्थ प्रस्तुत भएको अवस्था होइन ।’

    आइतबारकाे स्थायी कमिटीको बैठकमा यसबारेमा छलफल हुने पनि प्रवक्ता श्रेष्ठको भनाइ छ ।

    शीर्ष तहमा सहमति जुटाउने भन्दै पटक–पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको छ । असार १० गतेदेखि जारी बैठक नेताहरुबीच सहमति हुन नसक्दा असार १८ गतेयता बारम्बार स्थगित हुँदै आएको छ ।

  • ३ श्रावण २०७७, शनिबार १८:२८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार