काठमाडौँ— कोरोनाको महामारीको अवस्था बारे जानकारी दिन स्वास्थ्य मन्त्रालयले प्रसारण गर्दै आएको नियमित कोरोना प्रेस ब्रिफिङ केही दिनका लागि स्थगित गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार दसैं बिदा सकिएपछि अर्को बुधबारदेखि थप परिस्कृत रुपमा मिडिया ब्रिफिङ गरिने छ । कोरोनासम्बन्धी तथ्यांक तथा जानकारी मिडिया ब्रिफिङ आउने समय सवा ४ बजे नै तोकिएको छ ।