नेकपाको शपथ ग्रहण कार्यक्रममा झडप, ८ जना घाइते - Dastabej

नेकपाको शपथ ग्रहण कार्यक्रममा झडप, ८ जना घाइते


  • कार्तिक ६, २०७७ भूषण यादव (ईकान्तिपुर डटकमबाट)

  •  

    वीरगन्ज — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्दवासनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा बिहीबार दुई पक्षबीच झड्प भएको छ । झडपमा ८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
    विन्दवासनी गाउँपालिका–५ परसौनी भाठामा नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आफूलाई सहभागी नगराएको भन्दै विरोध जनाएका थिए । कार्यक्रमस्थलमा प्रवेश नपाएपछि भएको विवाद लाठी हानाहान भएको थियो । दुबै पक्षबाट ८ जना घाइते भएका छन् । जसमध्ये सामान्य उपचार गराएर ३ जना डिस्चार्ज भएका छन् ।पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले कार्यक्रमबारे प्रहरीलाई पूर्व जानकारी नगराइएकाले शपत ग्रहण कार्यक्रममा प्रहरी नपुगेको बताए । ‘झडपको खबर पाउनासाथ प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘दुबै पक्ष गरी ८ जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर छ ।’ उनका अनुसार लाठी प्रहारबाट टाउको फुटेको परसौनीभाठा निवासी मुकेश चौरिसयाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनको वीरगन्जकै एक निजी अस्पतालमा उपचार भइरहेको छ । दुई जना घाइते उत्तम तिवारी र चिन्टु तिवारीको उपचार नेशनल मेडिकल कलेजमा भइरहेको छ ।दुई पक्षबीच झडप भए पनि शपथ ग्रहण कार्यक्रम रोकिएन । पार्टी अध्यक्ष प्रभु हजराले दुखदायी घटना घटेको बताए । ‘विन्दवासनीमा बहुत गलत भएको छ,’ उनले भने, ‘दुई विशाल पार्टी मिलेर भएको एकतामा केही नयाँ मान्छे पनि आएका छन् । पार्टीमा अझै सिस्टम बसिसकेको छैन ।’ उनका अनुसार जिल्लामा खासै विवाद थिएन । आफू कार्यक्रमस्थल नपुग्दै झड्प भइसकेको उनले जनाए ।

  • ७ कार्तिक २०७७, शुक्रबार ११:४१ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ