नवलपरासी — पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । बिहीबार गरिएको पीसीआर रिर्पोट पोजिटिभ देखिएको हो । उनको सम्पर्कमा रहेका ्परिवारका दुई जनामा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।