२० हजार हेक्टरमा सिचाई गर्ने सिक्टाको लक्ष्य - Dastabej

२० हजार हेक्टरमा सिचाई गर्ने सिक्टाको लक्ष्य


  • जागेश्वरसिंह थारु

  •  

    मुलुककै गौरवको आयोजना सिक्टा सिचाई अयोजनाले आउने चैत्र महिनादेखि बाँकेका २० हजार हेक्टर जग्गा सिंचाई हुने लक्ष्यसहित निमार्णको कामलाई तिब्रता दिएको छ । गत जेठसम्म उक्त आयोजनाले करिब १६ हजार हेक्टर जग्गामा सिचाई सुविधा पु¥याएको जनाएको छ । सहज सिचाइ सुविधा भएपछि किसानहरु खेती गर्न सहज भएको छ । बाँकेमा करिब ४५ हजार हेक्टर जमिन सिचाई गर्ने लक्ष्यकासाथ सुरु भएको अयोजनाको काम तिब्र पारिएको हो । समयमै सिंचाई भएपछि बाँकेका धानको उत्पादन बढेको छ । सिक्टा सिंचाई आयोजनाका प्रमुख लोकबहादुर थापाले चालु आर्थिक वर्षमा २० हजार हेक्टर क्षेत्रफलमा सिंचाई हुने गरी काम भइरहेको बताए । सिक्टा सिचाई अयोजनाले यस बर्ष गतबर्षको भन्दा १५ देखि २० प्रतिशत धान उत्पादनमा बृद्धि हुने अनुमान गरिएको छ । विगतका बर्षमा एक थोपा पानी समेत नआउने नहरमा अहिले सिचाई सुविधा पुगेको हुनाले धान उत्पादन बढेको हो । जिर्ण बनेको डुडुवा नहरको शाखामा समेत सिक्टाको पानी पुगेको छ ।
    स्वदेशी लगानीमा निमार्ण भइरहेको बहुचर्चित सिक्टा सिंचाई आयोजनाको काम पछाडि धकेलिदै गएपछि बा“केका पश्चिम क्षेत्रका किसानको सिंचाई सपना पूरा हुन सकेको थिएन । उक्त आयोजना आर्थिक वर्ष ०६१÷६२ मा सुरु भएको हो । तर निमार्णको काममा ढिलाई र निमार्ण भइसकेका संरचनाहरु भत्किदै गएका कारण आयोजना धकेलिदै गएको छ । पछिल्लो पल्ट निमार्णको काम ०७६÷७७ मा सम्पन्न गर्ने समय तोकिएको थियो । आयोजनाको मुल नहर पहिलो पल्ट ०७३ असार १४ गते परिक्षण गर्दा अगैया ब्यारेजदेखि पश्चिम तर्फ पर्ने २६ किलो मिटर दुरीमा मुल नहर भत्किएको थियो । आयोजनाले दोस्रो पल्ट मुल नहरमा पानी छोडेपछि चङगाई नाला नजिकै फेरि भत्किएको थियो । अगैयामा ३ सय १७ मिटर लामो पुल निर्माण गरी राप्ती नदीको पानीलाई छेक्न १८ वटा गेट राखिएका छन् । सिक्टाको मुल नहरको पानी धान्ने क्षमता ५० क्युसेक मानिएको छ । तर परिक्षण र बाढी आएका बेला उक्त नहर भत्किने गरेका कारण गुणस्तरमा प्रश्न उठ्ने गरेको थियो । २५ अर्ब बढीको लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरबको सिक्टा सिचाई आयोजनाको म्ुल नहर र स्लोभ पटकपटक भत्किन थालेपछि नागरिकस्तरबाट आवाज उठ्न थालेको छ ।

     

  • ७ कार्तिक २०७७, शुक्रबार १३:०६ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा