धनगढी — तस्करहरुको समूहबाट हत्या गरिएका कैलालीमा कार्यरत दुई प्रहरीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुईदुई लाख दिने निर्णय गरेको छ ।
बिहीबार मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको हो । मृतकका परिवारलाई तत्काल एक लाख र एक लाख मृतकका सन्तानको लागि मुद्धति खातामा जम्मा गर्ने निर्णय गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । धनगढी नजिकै जुगेडा प्रहरी चौकीमा कार्यरत असई गोविन्द विक र जवान रामबहादुर साउदको शनिबार राति सीमा क्षेत्रमा गस्तीमा रहेका बेला तस्करहरुको समूहले हत्या गरेको थियो । हत्या गरिएका विक कञ्चनपुर पुनर्वास र जवान साउद अछाम जयगढ निवासी हुन् ।