सर्तकता बढ्यो, लुटपाट रोकियो - Dastabej

सर्तकता बढ्यो, लुटपाट रोकियो

भारतबाट घर फर्किदै नेपाली


  • दस्तावेज

  •  

    नेपालगन्ज— भारतको सीमलामा मजदुरी गर्ने दांगका भिम वली दसैं मनाउन घर फर्किदा नेपालीहरुले सन्चालन गरेको सार्वजनिक गाडीमै बसेर नेपालगन्ज नाका आईपुगे । नेपाल—भारत सीमा नेपालगन्जको जमुनाहा नाकामा कुनै सास्ती खेप्नु परेन । यात्राका क्रममा भारतमै हुने लुटपाटबाट जोगिए । सीमामा रकम बुझाउनु परेन । सहजरुपमै घर फर्किन पाएकोमा उनी खुसी छन् । यसअघि भारतमा सन्चालन हुने सार्वजनिक यातायातमा बसेर घर फर्किदा थुप्रै नेपालीहरु लुटिएका घटना छन् । खानेकुरामा नशालु पदार्थ मिसाएर खुवाएर नेपालीहरुबाट रकम लुटिने गरिएको थियो । सीमास्थित भारतीय कस्टमका सुरक्षाकर्मीहरुले पनि सुरुक्षा जा“चका नाममा पैसा अशुली गर्थे । तर भारतमै रहेका नेपाली यातायात व्यवसायीहरुले त्यहा“का विभिन्न स्थानबाट सार्वजनिक यातायात सन्चालन गरेपछि नेपालीहरु लुुटिने क्रममा निकै कमी आएको छ । दसैं सुरु भएयता दैनिक एक हजार बढी नेपालीहरु नेपालगन्ज नाकाबाट घर फर्किरहेका छन् । नेपाली यातायात व्यवसायीहरु मजदुरी गर्ने स्थानमै नेपालीहरुलाई लिन पुग्ने गरेका छन् । ‘भारतमै काम गरेर नेपालीहरुले वस सन्चालन गरेका छन् । आफ्नै देशका नागरिकले चलाएको गाडीमा बसेर घर फर्किदा कुनै डर भएन,’ दसैं मनाउन घर फर्किएका वलीले भने,‘सीमामा पनि कुनै दुःख झेल्नु परेन । पैसा पनि बुझाउनु परेन ।’

    कोरोनाको महामारीका कारण नेपाल—भारत सीमा बन्द भए पनि दुई मुलुकका सर्वसाधारणहरुलाई आउजाउ गर्न दिइएको छ । सीमामा सुरक्षा सर्तकता बढाइएकाले पनि लुटपाटका घटनाहरु नियन्त्रणमा आएका हुन । भारतमै काम गर्ने नेपालीहरुले अम्बिकेश्वरी माल्टी यातायात, स्वर्गद्धारी गरी आधा दर्जन यातायात प्रालि दर्ता गरी भारतीय नम्बर प्लेटको सवारी साधन सन्चालन गर्दै आएका छन् । नेपालीहरु बढी काम गर्ने स्थान सीमला, पन्जाब, दिल्लीलगायतका स्थानबाट नेपालगन्ज नाकासम्म सवारी साधन सन्चालनमा छ । जसका कारण नेपालीहरु सहजै घर फर्किन पाएका छन् । ‘गाडी चलाउने पनि नेपाली हुन्छन् । त्यसैले कुराकानी गर्न पनि सहज हुन्छ । आफ्नै नेपाली भएकाले गुनासो पनि गर्न पाईन्छ,’ सिमलाबाट घर फर्किएका दांगकै बिक्की खत्री भन्छन्,‘यो वर्ष अरामले घर फर्किन पाइयो । बाटोमा कुनै समस्या र दुःख भएन ।’

    त्यस्तै भारतबाट घर फर्किने नेपालीहरुको सुरक्षाका लागि स्थानीय प्रशासनले सुरक्षा रणनीति बनाएकाले पनि लुटपाटका घटना भएका छैनन् । सीमामा लकडाउन कार्यान्वयनका लागि नेपाली प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितीले पनि सीमाबाट नेपालीहरु सुरक्षित भएर घर फर्किन पाएका हुन । बा“केका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सीमामा सुरक्षा व्यवस्था कडा पारिएको जनाए । ‘भारतका समकक्षी अधिकारीहरुसंग चाडपर्व लक्षित सुरक्षाका बारेमा दुई पल्ट छलफल गरेको छु । सीमामा पनि सुरक्षा कडा पारेका छौ“,’ उनले भने,‘लकडाउनले पनि त्यस्तो घटनामा कमी आएको हो ।’ बेरोजगारका कारण लुम्बनी र कर्णाली प्रदेशका हजारौ युवाहरु काम खोज्दै भारतको विभिन्न शहर पुग्ने गर्छन । उनीहरु चाडपर्वका बेला घर फर्किने र खेतीपातीको काम सकेर भारत पस्ने गरेका हुन ।

  • ७ कार्तिक २०७७, शुक्रबार १६:२१ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता