नेकपा अध्यक्ष प्रचण्डको माईती गाउँ - Dastabej

नेकपा अध्यक्ष प्रचण्डको माईती गाउँ

तत्कालिन माओबादीका शिर्ष नेताहरुलाई आश्रय दिंदा यो गाउँले निकै ठूलो मुल्य चुकाएको छ । एउटै गाउँका नावालिकासहित नौ सर्वसाधारणले ज्यान गुमाएका छन् । दुई जना हालसम्म बेपत्ता पारिएका छन् ।


  • दस्तावेज

  • बर्दिया— खासमा गाउँको नाम जगतिया हो । हाल माईती गाउँको नामले परिचित छ । सशस्त्र आन्दोलनका क्रममा तत्कालिन माओवादीका नेताहरु सुरक्षित हुन यहा आउँथे । माओवादी अध्यक्ष पुष्पकमल दहाल, बाबुराम भट्राई, हालका गृहमन्त्री रामबहादुर थापा, मोहन बैद्य लगायतका शिर्ष नेताहरुको आश्रयस्थल बन्यो । अनि माओवादीका शिर्ष नेताहरुले जगतिया गाउँको नयाँ नाम जुराए—माईती गाउँ । सुरक्षा दिएर व्यहारमै माईती भूमिका निर्वाह गरे यहाँका सर्वसाधारण । शिर्ष नेताहरुलाई सुरक्षा दिने यो गाउँले निकै ठूलो मुल्य चुकाएको छ । एउटै गाउँका नावालिकासहित नौ सर्वसाधारणले ज्यान गुमाएका छन् । दुई जना हालसम्म बेपत्ता पारिएका छन् । भुमिगतकालमा आश्रयका लागि आउने नेताहरु सरकारमा पुग्दा यो गाउँबिर्से । नेताहरु सरकारमा पुगे तर गाउँले केही पाएन । द्धन्द्धकाल र बर्तमानसम्म आई पुग्दा खासै परिवर्तन देखिएनन् । ‘भुमिगत समयमा प्रचण्डदेखि बाबुराम, बादल लगायतका सबैजसो शिर्ष नेताहरु यहँ आए । हामीले संरक्षण दियौं । उहाँहरु प्रधानमन्त्री, मन्त्री बन्नुभयो । हामीले केही पाएनौ,‘लामो समय भूमिगत जीवन गुजारेका हाल नेकपाका नेता प्रमोद चौधरी भन्छन्,‘द्धन्द्धले धेरै थोक गुमाएका छौं । तर गाउँले विकास समेत पाएन ।’
    बर्दियाको सोरहवा गाविस २ हाल बढैयाताल गाउँपालिका ५ मा जगतिया गाउँ छ । यहाँका स्थानीयले जमिन्दारको जग्गा बटैयामा लगाउँथे । त्यसैलाई आधार बनाउँदै माओवादीले गाउँलाई आधार ईलाका बनाएको थियो । पन्चायतकालमा पनि यो गाउँमा प्रजातन्त्रका पक्षमा भूमिगत कार्यक्रम गरिन्थे । ०५२ सालदेखि माओवादी गतिबिधि बढ्दै गएपछि जगतिया गाउँले फेरि चर्चा पायो । ‘त्यतिबेला माओवादीका शिर्ष नेताहरुको सुरक्षा कम्ति चुनौतीपूर्ण थिएन । तर हामीले माईतीको भूमिका निर्वाह ग¥यो,’प्रमोद भन्छन्,‘नेताहरुले ति दिन बिर्से होलन तर हामीले गरेका संघर्ष बिर्सेका छैनौ ।’
    माओवादी सरकारमा गएपछि स्थानीयहरुले आफूले गरेको योगदानको स्मरण गराउँदै पीडित परिवारको पक्षमा काम गर्न अनुरोध गरे । तर सुनवाई भएको छैन । कतिपय तत्कालिन माओवादी नेताहरु राजनीतिबाटै पलायन भइसके ।
    गाउँनै माओवादी भएको आरोप लगाउँदै तत्कालिन सुरक्षा फौजले अतांक मचायो । डर र त्रास देखाउन तीन कक्षामा पढ्दै गरेकी नाबालिका रुपा चौधरीलाई घरबाट निकालेर सार्वजनिक स्थलमै गोली थोके । उक्त घटना देखाउन सुरक्षा फौजले गाउँभरीमा स्थानीयलाई एक ठाउँमा भेला पारेको थियो । र, माओवादीमा लाग्ने हरेकको यसैगरी हत्या गर्ने धम्की दियो । तर गाउँ राजनीतिकरुपमा तातिरहयो । सुरक्षा फौजको यातनाले बिद्रोही बढे । ‘लोकतन्त्रका लागि हामीले शिर्ष नेताहरुको सुरक्षा दियौ । मुलुकमा लोकतन्त्र पनि आयो । तर पीडित परिवारले भने कुनै राहत पाएनन्,’ स्थानीयबासी तथा वडा नम्बर ५ का वडा अध्यक्ष रामसिंह थारु भन्छन्,‘जे होस माओवादीका ठूला नेताहरुको सुरक्षा दिन सकेकोमा गौरव गर्ने ठाउँ छँ ।’ स्थानीयका अनुसार माईती गाउँका रुपा, नविन, सिमा, लक्षमण, सीता, तारा, छोटेलाल, लोकनाथ र सिताराम थारुको हत्या भयो । स्थानीय शिवचरण थारु र बुद्धिमाया सापकोटालाई माओवादी आरोपमा पक्राउ गरी बेपत्ता पारिएको छ ।

  • ८ कार्तिक २०७७, शनिबार ०७:४० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ