अध्यक्षद्वयका फरक-फरक निर्देशन – Dastabej

अध्यक्षद्वयका फरक-फरक निर्देशन

नेकपा कर्णाली विवाद :


  • (ईकान्तिपुरबाट सभार)

  • काठमाडौँ — नेकपा कर्णाली प्रदेशमा जारी विवादलाई लिएर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ‌ओलीले निर्देशन दिएको दुई दिनपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पनि अर्को निर्देशन दिएका छन् ।
    अध्यक्ष ओलीले कर्णाली प्रदेश सभा नेकपा संसदीय दलका प्रमुख सचेतकबाट हटाइएका गुलाबजंग शाहलाई पुनः सोही पदमा कायम गर्न निर्देशन दिएका थिए । उनले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको निर्देशन पत्रमा अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका शाहलाई प्रमुख सचेतकको जिम्मेवारीमा फर्काउन निर्देशन दिएका थिए ।
    ‘अनुशासित तवरले प्रमुख सचेतकको जिम्मेवारी सम्हालिरहनु भएको र मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न असहमत रहनुभएका नेकपा प्रदेश सभा दल कर्णालीका प्रमुख सचेतक गुलाबजंग शाहमाथि तपाईंले गरेको कारबाही फिर्ता लिन र उहाँलाई पूर्ववत् प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न निर्देशित गर्दछु,’ ओलीको निर्देशनमा लेखिएको छ । उनले बुधबार उक्त निर्देशन दिएका थिए ।

    नेकपाका कार्यकारी अध्यक्ष दाहालले भने अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फिर्त गर्ने र प्रमुख सचेतकसम्बन्धी विषय प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको उल्लेख गरेका छन् ।
    दाहालको निर्देशनमा भनिएको छ, ‘सो समझदारी र हाम्रो दलको प्रदेश सभा सदस्यहरूको भावना र मर्मअनुसार कार्यान्वयन गर्न निर्देशन गर्दछु ।’ उनले कर्णाली प्रदेश पार्टी कमिटीका सहइन्चार्ज तथा शाही विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने यमलाल कँडेल, अर्का सहइन्चार्जहरु प्रकाश ज्वाला र कालीबहादुर मल्ल, पार्टी प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मालाई निर्देशन दिएका हुन् ।
    नेकपा कर्णाली प्रदेशको विवादले अध्यक्षद्वयबीच असमझदारी बढिरहेको बेलामा दुवैका फरक-फरक विज्ञप्ति आएका हुन् । यसअघि दुवैले सचिवालयमार्फत पनि यस्तै विज्ञप्ति जारी गरेका थिए ।
    मुख्यमन्त्री शाहीविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव शुक्रबारको संसदीय दलको बैठकले बहुमतले अस्वीकृत गरेको छ । प्रमुख सचेतक सीता नेपालीले बोलाएको संसदी

  • ८ कार्तिक २०७७, शनिबार १३:३१ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ