नाचिएन सखिया नाच, रौनकबिहिन दसैं - Dastabej

नाचिएन सखिया नाच, रौनकबिहिन दसैं

दशैं आएसंगै छुट्टै रौनक रहने थारु गाउँ यसवर्ष सुनसान रहेको छ । ,


  • अबि चौधरी

  • धनगढी–कोरोना महामारीका कारण गाउँगाउँमा सखिया नाच हुन नसकेपछि यसवर्ष दशैंमा थारु बस्ती सुनसान भएको हो । कैलालीमा यो वर्ष दशैंको सखिया नाच हुन सकेको छैन । विगतका दशैंमा सखिया, झुमरा, मुङग्रहुवा नाच र मादलको तालले थारु गाउँमा बेग्लै रौनक महसुस हुन्थ्यो । तर, यसवर्ष नाचगान गर्न नमिलेकाले गाउँघरको दशैंमा रौनक नरहेको धनगढी उपमहानगरपालिका–१६ थारु होमस्टे गाउँ भादाका लक्ष्मीनारायण चौधरीले भन्छन्,‘दशैं आए पनि गाउँमा रौनक आएन’, उहाँले भन्नुभयो । ‘नाच नहुँदा गाउँघर सुनसान छ ।’ भादामा होमस्टे भएकाले त्यहाँ सधैंझै थारु साँस्कृतिक नृत्य भइरहन्थ्यो । यो वर्ष दशैंमा त के, होमस्टेका लागि पनि नाच भएको छैन । कोरोना महामारी फैलिने डरले गाउँघरमा नाचगान नभएको वडा नम्बर १६ का अध्यक्षसमेत रहनु भएका चौधरीले जनाए ।
    दशैंको अवसरमा नाचिने सखिया, झुमरा, मुङ्ग्रहुवा लगायतका थारु मौलिक नाच समूहमा नाचिने नाच हुन । विगत वर्षमा दशैं आउनुभन्दा एक महिना अगाडिबाट नै थारु गाउँमा यस्ता नाच देखाउने गरिन्थ्यो । ‘सखिया नाचका कारण चाडपर्वमा बेग्लै रमाइलो महसुस हुन्थ्यो’, कैलारी गाउँपालिका–३ उत्तर भडरी गाउँका भलमन्सा छोटेलाल चौधरीले भने,‘यो वर्षको दशैं, दशैं जस्तो छैन । सुनसान छ ।’
    हरेक वर्ष दशैं आउनुभन्दा अगाडिबाट नै गाउँमा सखिया नाच गर्दै आएकोमा यसवर्ष कोरोना फैलिने डरले नाच देखाउन नसकिएको उनले बताए । ‘तर, अष्टमी र दशमीको दिन गाउँमामात्रै भए पनि नाच देखाउने भन्ने कुरो भइरहेको छ’, भलमन्सा चौधरीले अगाडि थपे,‘किनभने, नाचगान हाम्रो मौलिक संस्कृति हो । कोरोनाबाट जोगिएर संस्कृति पनि जोगाउन जरुरी छ ।’ थारु समुदायमा ऋतु अनुसार नाचगान हुने गर्दछ । दशैंको बेलामा सखिया लगायतका नाच नाचिने गरिन्छ । थारु लोकवार्ता तथा लोकजीवन किताबका अनुसार दशैंमा साथीहरु आउन भनेर ‘सखिया’ नामको प्रयोग भएको हो । थारु भाषामा ‘सखी’ भन्ने शब्दले साथीहरु बुझाउने गर्दछ । यो नाच सामूहिक रुपमा युवती वा महिलाले देखाउने गर्दछन् ।
    सखिया नाचमात्रै नभइ दशैं, दिपावलीमा देखाइने मुङग्रहुवा नाच पनि गर्न नसकिएको यो नाचसंग सम्बन्धित व्यक्तिहरुको भनाइ छ । कोरोनाको कारणले यो वर्ष अहिलेसम्म नाचागान गर्न नसकेको कैलारी गाउँपालिका–२ बसौटी गाउँका लक्ष्मी चौधरीले जनाए । कैलाली जिल्ला प्रशासनले चाडपर्व लक्षित निषेधाज्ञा जारी गर्दै यसवर्ष चाडपर्वमा मान्छेका ।े भीडभाड हुने गरी नाचगान, पूजाअराधना गर्ने कार्यमा बन्देज लगाएको छ । प्रशासनले बन्देज गरेका कारणले पनि नाचागन गर्न नसकिएको चौधरीले उल्लेख गरे ।

  • ८ कार्तिक २०७७, शनिबार १६:१८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता