रोजगार गुमाएका मजदुर भन्छन्— हामीलाई के को दसैं ? - Dastabej

रोजगार गुमाएका मजदुर भन्छन्— हामीलाई के को दसैं ?

दसैं नमनाएर २२ हजार नेपाली भारत पसे


  • दस्तावेज

  • नेपालगन्ज— गत वर्ष दसै मनाउन घर फर्किएका थिए । यो वर्षको दसैं मनाउन छाडेर
    भारत पसेका छन् । कोरोनाको महामारी सुरु भएपछि छ महिनाअघि घर आएका थिए । महान चाड दसैंले पनि उनलाई भारत जानाबाट रोक्न सकेन । ‘काम नपाएको ६ महिना भइसक्यो के खानु अब । अनि भोको पेट केल्ले दसैं मनाउनु र ?,’ नेपालगन्ज नाका भएर भारत जाँदै गरेका कर्णाली प्रदेश वीरेन्द्र नगरका हर्क शाही भन्छन्,‘आफ्नो देशमा काम पाईदैन । भारतकै भर पर्नु पर्छ ।’ उनीसंगै दर्जन बढी युवाहरु भारत पसे । गाउँमा रोजगारी नपाएपछि नेपालीहरु भारत पलायन हुने गरेका हुन । त्यसो त गाउ“मा भन्दा कोरोनाको महामारी भारतमा छ । तर कर्णाली प्रदेशका युवाहरु भने रोजगारी पाउने भन्दै नेपालगन्ज नाकाबाट धमाधम भारत प्रवेश गरिरहेका छन् । कोरोनाको महामारीले रोजगारी खोसिएपछि परिवार पाल्न समस्या भएको भन्दै भारत फर्किन थालेका हुन । यसअघि उनीहरु कोरोनाको महामारी फैलिएपछि घर फर्किएका थिए । तर लामो समयदेखिको लकडाउनले चुलो बल्न छोडेपछि बाध्यताले भारत फर्किनु उनीहरु बताउ“छन् । ‘भारतबाट काम गर्दै गर्दा महामारी फैलियो । घर फर्कियो । यहा“ पनि बन्दैबन्द भयो । काम नपाएपछि परिवार भोकै मर्ने अवस्था आयो,’ कर्णाली प्रदेश दैलेख भैरवी गाउ“पालिका १ का भिमबहादुर विष्ट भन्छन्,‘हाम्रा लागि के को दसैं । परिवार पाल्नका लागि जानै प¥यो ।’
    कोरोना कहर र दसंै मनाउन छाडेर नेपालगन्ज नाकाबाट मात्रै २२ हजार नेपाली काम खोज्दै भारत प्रवेश गरेका छन । लकडाउनका बिच नेपालगन्ज नाका भएर भारतबाट ७६ हजार ४८ नेपाली भित्रिएका थिए । त्यस्तै ४० हजार भारतीय नागरिक भारत फर्किएका छन् । इलाका प्रहरी कार्यालय जमुनहाका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु गिरीका अनुसार भारतबाट फर्किने नेपालीहरुसंगै भारत जानेहरु थुप्रै छन् । दैनिक डेढ÷दुई सय नेपाली काम खोज्दै भारत पसिरहेका छन् । उनका अनुसार भारतीय आधार कार्ड भएका नेपालीहरुलाई भारत प्रवेश गर्न दिइएको छ । लामो समयदेखि भारतमा बसेर आधार कार्ड बनाएकाहरु पछिल्लो समय भारत जान थालेको उनले बताए । ‘नेपालमा काम नपाएर खान लाउन समस्या भएपछि कोरोनाको डरले फर्किएका नेपाली पुनः भारत जान थालेका छन्,’ प्रहरी नायव निरीक्षक गिरीले भने,‘वडा कार्यालयको सिफारिस र परिचय पत्र राखेर केहि समयका लागि नेपाल–भारत आउजाउ गर्न दिइएको छ ।’ रोगले भन्दा पनि भोकले मर्ने अवस्था आयो, घर परिवारको गुजारा धान्नका लागी फेरी भारत पस्नै पर्ने बाध्यता आईपरेको कालिकोटका हर्क बहादुर शाहीले बताए । नेपालगन्ज नाकामा कडाई गरिएपछि आधार कार्ड नभएकाहरु कैलालीको त्रिनगर (गौरीफन्टा) नाका भएर जाने गरेका छन् । उक्त नाकामा आधार कार्ड नभए पनि भारतीय सुरक्षाकर्मीले जान दिएका छन् । भारत जान सहज भएपछि आधार कार्ड नभएकाहरु सोही नाकाबाट भारत प्रवेश गर्न थालेपछि भीडभाड हुने गरेको छ । दाङ, बांके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, सल्यान, रुकुम लगायत जिल्लाका हजारौ युवाहरु काम खोज्दै भारत जाने गरेका हुन । उनीहरु भारतको सिमला, कालापहाड, गुजरात, दिल्ली लगायतका शहर पुग्ने गरेका हुन ।

  • ९ कार्तिक २०७७, आईतवार ०७:५९ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा