लापरवाहीले कोरोना महामारी काबुभन्दा बाहिर जानसक्ने चिकित्सकहरुको चेतावनी - Dastabej

लापरवाहीले कोरोना महामारी काबुभन्दा बाहिर जानसक्ने चिकित्सकहरुको चेतावनी

३० को मृत्यु


  • दस्तावेज

  • लापरवाहीले कोरोना महामारी काबुभन्दा बाहिर जानसक्ने चिकित्सकहरुको चेतावनी

    ३० को मृत्यु
    नेपालगन्ज—लामो समयको लकडाउन खुलेको छ । निषेधाज्ञा हटेको छ । चहलपहल बढेसंगै कोरोना संक्रमितहरुको संख्या पनि उकालो लाग्दै छ । तर नेपालगन्ज ८ कसगर टोलका सलामत बेहनाजस्तै अधिकांशले अझै पनि मास्कको प्रयोग गर्दैनन् । सामाजिक दुरीको ख्याल गरिएको छैन । भिडभाडमा सर्वसाधारणहरु रमाएका छन् । मुख जोडेर कुराकानी गर्ने बानी अझै हटेको छैन । कोरोना भाइरस समान्य रुघाखोकी मात्रै हो भन्ने भ्रमले सावधानी नअपाइएको हो । तर चिकित्सकहरुले भने यही अवस्था रहने हो भने कोरोना भाइरसको महामारी काबुभन्दा बाहिर जानसक्ने चेतावनी दिइरहेका छन् । ‘लकडाउन कोरोना भाइरसको समास्या समाधान त होईन तर खुलेपछि कसैले पनि दुरी कायम गरेको देखिएन । भिडभाड छ । मास्कको पनि कमैले प्रयोग गरिरहेका छन्,’ भेरी अस्पताल कोरोना वार्ड नेपालगन्जका संयोजक वरिष्ठ चिकित्सक डा. श्यामसुन्दर यादव भन्छन्,‘सावधानी नअपनाउने हो भने कन्ट्रोल गर्न सकिदैन ।’ उनका अनुसार सबैले मास्कको प्रयोग, दुरी कायम गरेर हिडडुल र बसाई गर्ने हो भने कोरोना नियन्त्रण आफै हुनसक्छ । उनले भनेजस्तै कोरोना बारे जानेर पनि समुदायमा लापरवाही भइरहेको छ । राजनीतिक दलहरुले सचेतना बारे अभियान चलाउनु पर्ने डा.यादवको सुझाव छ । ‘दलहरुका गाउँगाउँ टोलटोलमा कार्यकर्ताहरु हुनुहुन्छ । कोरोना भारे अभियान नै चलाउनुस । अझै पनि समय छ । सचेत नहुने हो भने जे पनि हुनसक्छ,’ उनले भने ।
    पछिल्लो कोरोना संक्रमितहरुमा लक्षण देखिन थालेको छ । आईसीयु र भेन्टीलेटरमा राखेर उपचार गर्नुपर्ने विरामीको संख्या बढ्दै गएको छ । कोरोना बिशेषका रुपमा सन्चालन गरिएको भेरी अस्पतालमा संक्रमितहरुको उपचारका लागि ७६ शैया बनाइएको छ । उक्त शैया भरिभराउ भएपछि थप शैया बनाइएको छ । तर सर्वसाधारहरु भने चिकित्सकहरुका कुरा सुन्न तयार छैनन् । ‘यस्ता रुघा जीवन कति लाग्यो लाग्यो । कोरोना सोरना भन्ने हल्ला मात्रै हो,’ जसगढ भन्छन्,‘रोगभन्दा बढी हल्ला भइरहेको छ ।’ तर बा“केमा भने पीसीआर परीक्षण गरिएको मध्ये आधा भन्दा बढी व्यक्तिमा कोरोना संक्रम संक्रमण देखिन थालेको छ । ‘हाल पीसीआर परीक्षण गरिएका मध्ये आधाभन्दा बढीमा कोरोना देखिन थालेको छ । लक्षण देखिएका व्यक्तिहरुको परीक्षण गरिएकाले पनि बढीमा संक्रमण देखिएको हो,’ स्वास्थ्य कार्यालय बा“केका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठ भन्छन्,‘संख्या बढ्दो छ । सचेतना अपनाउन जरुरी छ ।’ पछिल्लो समय लक्षण देखिएका व्यक्तिहरुको मात्रै पीसीआर परीक्षण भइरहेको छ । त्यसका लागि पालिकाहरुले पीसीआर परिक्षणका लागि पठाउने गरेका छन् । बा“के प्रशासनले व्यवसाय सन्चालन गर्दा सावधानी अपनाउन आग्रह गरिरहेको छ । मास्क नलगाउने व्यक्तिहरुलाई प्रहरीले कारवाही गर्दै आएको छ । त्यस्तै
    पछिल्लो समय भने कोरोनको महामारी फैलिरह“दा सर्वसाधारणहरु निस्फ्रीरुपमा खुलमाखुला हिड्न थालेका छन् । महामारी फैलिएसंगै कोरोनाबाट डराउन छाडेका छन् । अधिकांशले अझै पनि मास्क नलगाएरै बजार आउजाउ गरिरहेका छन् । प्रहरीले मास्क नलगाउने व्यक्तिलाई एक सय रुपैया“ जरिवाना गर्दै आए पनि अटेर भइरहेको छ । स्वास्थ्य सावधानी नअपनाउ“दा कोरोनाको संक्रमण बढ्न थालेको हो । कोरोनाको महामारी सुरु हुनअघि भने सर्वसाधारणहरु त्रसित थिए । जसका कारण उनीहरु घरबाट कमै निस्किन्थे । निस्के पनि अनिवार्य मास्क लगाउ“थे । कोरोना लागेको व्यक्तिमा रुखाघोकीजस्तै लक्षण देखिने र आफै ठिक हुने भ्रम पछिल्लो समयमा बढेको छ । यसले ठूलो दुर्घटना निम्तियाउन सक्ने स्वास्थ्यकर्मीहरु बताउ“छन् । भेरी अस्पताल नेपालगन्जका कोरोना स्रोत व्यक्ति फिजिसियन डा. संंकेतकुमार रिसालले सर्वसाधारणहरु कोरोनासंग डराउन छोडेको बताए । ‘पहिला कोरोना भन्ने बित्तिकै मान्छेमा डर, त्रास बढी थियो । अहिले चाही भएपनि ठिकै छ, बरु सामान्य रुखा, खोकी लागेजस्तै सामान्य भएर निको हुन्छ भन्ने पाइन्छ,’ उनले भने । यसअघि लक्षण नदेखिएका व्यक्तिहरुमा पनि कोरोनाको संक्रमण पुष्टि हुने गरेको थियो । लक्षण भएको शंकामा सर्वसाधारणहरुले कोरोनाको परीक्षण गराउन थालेका छन् । बाँकेमा हालसम्म २ हजार ६ सय २२ कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन् । बाँकेमा कोरोना सक्रमितको सख्या २ हजार ९ सय ९६ पुगेको छ । कोरोनाका कारण ३० जनाको मृत्यु भइसकेको छ । ३४४ आइसोलेसनमा छन् ।

  • ११ कार्तिक २०७७, मंगलवार ०७:४३ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा