नवलपरासीमा पुजारीको हत्या - Dastabej

नवलपरासीमा पुजारीको हत्या


  • दस्तावेज

  • रासस
    परासी — नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा धारिलो हतियार प्रयोग गरी हत्या गरिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । सुस्ता गाउँपालिका–४ नर्सहीस्थित पच्छिमडारी बस्ने ७५ वर्षीय महगु केवटको शव सोमबार फेला परेको हो ।केवट स्थानीय मन्दिरका पुजारी थिए । उनको आफ्नै कुटी नजीकै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

  • ११ कार्तिक २०७७, मंगलवार ०७:५९ प्रकाशित

  • Nabintech