५० प्रतिशत ब्यापार घट्यो – Dastabej

५० प्रतिशत ब्यापार घट्यो

दसैंमा पनि नेपालगन्जको व्यापार बढेन


  • दस्तावेज

  • दसै सुरु हुनु दुई साताअघि नै नेपालगन्जको व्यापार एकाएक बढ्थ्यो । चाडपर्वमा यहाँको व्यापार दोब्बर हुन्थ्यो । व्यापारीहरुले आम्दानी गर्ने सिजन मान्थे । तर कोरोना भाइरसको संक्रमणका कारण दसैंको मुखमा नेपालगन्जको व्यापार ओरालो लागेको छ । गाउँबाट किनमेल गर्न आउने सर्वसाधारणहरु घटेका छन् । यहा“बाट कर्णाली प्रदेशमा हुने व्यापार पनि घटेको छ । कोरोना संक्रमणका कारण नेपालगन्जको छिमेकी भारतीय बजार रुपैडिहा आउजाउ गर्न रोक लगाईएपछि व्यापार बढ्ने आश व्यवसायीहरुको थियो । तर व्यवसायीहरुले भने ५० प्रतिशत भन्दा बढी व्यापार घटेको गुनासो गर्न थालेका छन् । समान्य अवस्थामा रुपैडिहा बजार नेपाली ग्राहकले भरिभराउ हुने गरेको थियो । दैनिक करिव चार करोडभन्दा बढीको व्यापार रुपैडिहा बजार गर्दै आएको थियो । तर रुपैडिहा सीमा बन्द भएपछि पनि नेपालगन्जको व्यापार उकालो चढ्न सकेन । कोरोनाका कारण नेपालगन्ज आउजाउ गर्नेहरुको संख्या घटेकाले व्यापार बढेन नसकेको हो । चाडपर्वका बेला कपडा, सुनचा“दी लगायतका समानहरु बढी बिक्री हुने गरेको थियो । ‘व्यापार नाममात्रैको छ । गाउ“तिरबाट किनमेल गर्न आउन छाडिसकेका छन्,’ न्युरोडस्थित रेडिमेड कपडा व्यवसायी सरोज जयसवाल भन्छन्,‘रुपैडिहा बजार बन्द नभएको भए यति पनि व्यापार हुने थिएन ।’ दैनिक उपभोग्य बस्तुहरु सस्तो मुल्यमा पाईने भ्रमका कारण नेपाली उपभोक्ताहरु रुपैडिहा बजार पुग्ने गरेका हुन । कोरोना संक्रमण फैलिएपछि सीमा बन्द भएका कारण उक्त बजार सुनसान बनेको छ ।
    बजारमा भिडभाड बढी हुने भएका कारण संक्रमण सर्न सक्ने त्रासका कारण सर्वसाधारणहरु किनमेलका लागि नेपालगन्ज आउन छाडेका छन् । सस्तो मुल्यमा समान पाईने भएका कारणले कर्णाली र लुम्बनी प्रदेशका उपभोक्ताहरुको रोजाईमा नेपालगन्ज पर्ने गरेको थियो । सुन चाँदीका गहनाका लागि यो शहर प्रख्यात छ । चाडपर्वका बेला सुनचाँदीका पसल भरिभराउ हुन्थे हाल सुनसान देखिन्छन् ।

    ‘कोरोना सुरु भएपछि व्यापार डामाडोल भइसक्यो । चाडपर्वको सिजनमा पनि बिक्रीबट्टा हुँदैन,’ त्रिभुवन चोकका सुन चाँदी व्यवसायी मुस्ताक जसगढ भन्छन्,‘कोरोनाका कारण व्यवसाय नै संकटमा परिसक्यो ।’नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले कोरोनाका कारण समान्य अवस्था भन्दा ५० प्रतिशत व्यापार घटेको बताउँछन् । उनले कर्णाली प्रदेशमा हुने व्यवसाय पनि खस्केको जनाए । ‘कोरोना दिनप्रतिदिन फैलिरहेको छ । मार्नेको संख्या पनि बढेको छ । त्यसैले बाहिर जिल्लाबाट आउने उपभोक्ता आउनै छोडिसकेका छन्,’ उनले भने,‘दसैंको सिजनमा पनि व्यापार चौपटै छ ।’

  • ११ कार्तिक २०७७, मंगलवार ०८:१४ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. बाँकेका सिडिओ गेलालः जसले धुब्रेलाई गोली हान्ने आदेश दिएका थिए
  • ३. कारकाँदो चोकमा प्रहरीमाथि दुरब्यवहार (भिडियो)
  • ४. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ५. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ६. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ७. बाँकेमा फेरि किन थपियो निषेधाज्ञा ?
  • ८. विपदमा सहयोगी विमल
  • ९. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • १०. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा