नेपालगन्ज— पाँच दशकअघि एउटा साईकलको मुल्य र एक तोला सुनको मुल्य बराबरी प¥थ्यो । त्यति बेला सुन तोलाको साढे चार सयदेखि साढे सात सय रुपैयाँ थियो । हुने खानेलेमात्रै साईकल किन्न सक्थे । साईकल किन्न सक्नेको समाजमा छुट्टै इज्जत र मानसम्मान । कतिसम्म भने साईकल हेर्नेका लागि गाउँ ओर्लिन्थ्यो, आजभोली हेलिकप्टर र पजेरो गाउँमा हेरेजस्तै । त्यति बेला नेपालगन्जमै पनि मुस्किलले साईकल गुड्ने पाकाहरु बताउँछन् । शौखिन र अैयासीहरुले मात्रै किन्न सक्थे । भारतयि शहरबाट किनेर ल्याईन्थ्यो । हाल नेपालगन्जमा दर्जनौ थोक तथा खुद्रा पसल छन् । त्यतिबेला साईकल किन्द हेलिकस्टर किनेजस्तो प्रचार हुने बिक्रेताहरु बताउँछन् । ‘साईकल किन्द हेलिकप्टर किने जस्तो प्रचार हुन्थ्यो । हेर्नेको भिड लाग्थ्यो,’ ५० वर्षदेखि नेपालगन्जमा हिमाल साईकल स्टोर खोलेर व्यवसाय गर्दै गएका मेराज अहमद हिमाल भन्छन्,‘हाल अवस्था उल्टो भईसक्यो । किसानको हातहातमा साईकल छ । धनि हुने खानेहरु कार किन्न थालिसके ।’ उनका अनुसार साईकल किन्नेहरु मध्ये ८० प्रतिशत किशान छन् ।
त्यहि साईकल आजको जामनामा घरघरमा पुगेको छ । परिवारका सदस्यपिच्छे पनि साईकल किनेको देख्न सकिन्छ । पाँच दशकअघि शान र इज्जतका लागि किनिने साईकल सर्वसाधारणहरुका लागि आयआर्जनको माध्यम बनेको छ । बिद्यार्थीहरुलाई बिद्यालय पुग्न मजा भएको छ । उहिलेका धनिका घरमा देखिने साईकल गरिव सर्वसाधारण र किसानको घरमा स्थान पाएको छ । धानको ब्याड् बोक्नेदेखि तयार भइसकेपछि बिक्रीका लागि बजार पु¥याउने साधन बनेको छ, साईकल । यसको प्रयोग बहुआयमिकरुपमा भइरहेको छ । तरकारी बोक्नेदेखि एक्सासाईजका लागि प्रयोग भइरहेको छ । गाँउर शहरको दुरी घटाएको छ । साइकलमै हजारौ सर्वसाधारण आउजाउ गर्न सहयोग पु¥याएको छ । चार पाङ्ग्रे सवारी साधन गुड्न नमिल्ले सडकमा साईकलको पहुच सहजै भएको छ ।
बा“केको बिकट मानिने राप्ती पारीको नरैनापुर र राप्ती सोनारी गाउँपालिकाका अधिकांश सर्वसाधारणहरुको दैनिकी साईकलले धानेको छ । उनीहरु नेपालगन्ज आउन साईकललाई यातायातको साधनको रुपमा प्रयोग गर्दै आएका छन् । तरकारी बिक्री गर्नदेखि मजदुरीका गर्न साईकल चढेरै आउने गर्छन । नरैनापुर गाउँपालिका गंगापुुरका राजितराम यादव नेपालगन्ज दुध पु¥याउन घरबाट बिहान ७ वजे साईकल चढेर हिडछन् । दिउँसो ३ वजे घर फकिन्छन् । गंगापुरबाट नेपालगन्ज दुध पु¥याउन आउजाउ गर्न करिब सात घण्टाको साईकलयात्रा राजितरामको दैनिकी बनेको छ । उनी दैनिक ६० लिटर दुध बिक्री लिएर नेपालगन्ज आउँछन् । ‘मोटर गाडी चल्दैन । दुधको ब्यापार गर्न यही साईकलको भर छ,’ उनी भन्छन्,‘साईकल नभई दिएको भए यति टाढाबाट नेपालगन्ज कहाँ आउन सकिन्छ । यसले नेपालगन्ज आउजाउमा मात्रै होईन घरको धेरै काममा सहयोग पु¥याएको छ ।’ सर्वसाधारणहरु साईकलमै बोकेर धान कुटाउन मीलमा पुग्छन् । यसले सर्वसाधारणहरुको जीवन निकै सहज बनाई दिएको छ । दुध, तरकारी, खाद्यन्न र पात, घाँस साईकलमा राखेर एकाबिहानै बिक्रीका लागि सर्वसाधारणहरु नेपालगन्ज पुग्छन् । बैजनाथ गाउँपालिका टिटहिरिया गाउँका महिलाहरु दैनिक साग बिक्री गर्न साईकलमै चढेर नेपालगन्ज लगायतका शहरमा पुग्छन् । आफैले उत्पादन गरेको साग लगायतका तरकारी बजार पु¥याउन उनीहरुलाई निकै सहयोगी बनेको छ । टिटहिरियाका मात्रै होईनन्, आसपासका फत्तेनगर, शम्सेरगन्ज, गुरदियालपुर बर्दियाको बढैयाताल गाउँपालिकाका ग्रामिण क्षेत्रका महिलाहरु साग बिक्री गर्न बिभिन्न बजार पुग्छन् । खेतीपातीको काम सकेर फुर्सदका बेला उनीहरु साग बिक्री गरी राम्रै कमाई गर्दै आएका छन् । ‘पहिले साईकल चलाउन नजान्दा तरकारी बिक्री गर्न सकिएन । पछि सिके । श्रीमानले साईकल किनि दिएपछि नेपालगन्जसम्मै तरकारी बिक्री गर्न पुग्छु’ बैजानाथ गाउ“पालिकाकी कौशिला चौधरीले साईकलको महत्व बारे भनिन्,‘साग बिक्री गरेर साईकलको मुल्य पाईसके । यसले भारी बोक्न निकै सहज पु¥याएको छ ।’साईकलको बजार मुल्य हेरीहेरी छ । साढे ६ हजारदेखि १ लाख ५५ हजार रुपैयाँ पर्ने साईकल पनि नेपालगन्जमा किन्न सकिन्छ । तर, बढीजसो साधारण साईकल बिक्ने गरेका छन् । समान बोक्न मिल्ने साईकलको माग बढी हुने गरेको बिक्रेताहरु बताउ“छन् । लेडिज साईकलको माग पनि अत्याधिक छ । ‘जमाना साईकलकै हो । साईकल नचढ्ने कोही छैन । बालवालिकादेखि बृद्धसम्मको सहारा बनेको छ,’ बीबी साईकल स्टोरका अब्दुलअजिज बगवान भन्छन्,‘मागलाई ध्यानमा राखेर विभिन्न कम्पनीहरुले थरिथरीका साईकल उत्पादन गरिरहेका छन् ।’साईकलले गाउ“का सबैजसो कृषि उत्पादन शहर पु¥याउन सहज बनाई दिएको छ । नरैनापुरका सोढेराम यादव पनि दुध बिक्रीका लागि दैनिक साईकल चढ्छन् । गाउँमा बिक्री गर्न बजार नहुँदा नेपालगन्ज आउनु परेको हो । ‘साईकल भए के को चिन्ता ? दुधको ब्यापार गरेकै छु,’ उनी भन्छन्,‘बिहान घरबाट हिडछु साँझ घर फर्किन्छु ।’
सर्वसाधारणका लागि बुहआयमिक प्रयोग भइरहेको साईकलको मुल्य बढी पर्ने स्वयं बिक्रेताहरु स्वीकार छन् । भारतबाट नेपाल आयात गर्दा भ्याट र भन्सार कर गरी ३३ प्रतिशत राजस्व तिर्नु पर्छ । जसका कारण साईकलको मुल्य बढी परेको हिमाल साईकल स्टोरका सन्चालक मेराज भन्छन्,‘हामीले भन्सार र कर तिरेको मुल्यसमेत जोडेर ग्राहकसंग पैसा लिदा महडो पर्न गएको हो ।’ उनका अनुसार आम नागरिकको जीवनसंग जोडिएको साईकलको ट्याक्स सरकारले निशुल्क गर्दा सर्वसाधारणहरुलाई भार पर्ने छैन । सरकारले कृषि प्रयोजनका लागि भारतबाट ल्याउने ट्याक्टरमा कर छुट छ । तर, आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणले साईकलबाटै व्यवसाय गरेर परिवार पाल्ने गरेका कारण सरकारको ध्यान पुग्न आवश्यक रहेको व्यवसायीहरुको सुझाव छ ।