बिहे खाएर फर्किँदै गरेका युवकमाथि सांघातिक आक्रमण, बायाँ खुट्टा र हात काटियो – Dastabej

बिहे खाएर फर्किँदै गरेका युवकमाथि सांघातिक आक्रमण, बायाँ खुट्टा र हात काटियो


  • दस्तावेज

  • एक युवक हात–खुट्टा काटिएको अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय कुमार विक तुलसीपुर उपमहानगरपालिका–१२ गोलौरी भन्ने स्थानमा गम्भीर घाइते अवस्थामा फेला परेका हुन् ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार विकको बायाँ खुट्टा काटेर छिनालिएको छ । उनका दुवै हातमा पनि धारिलो हतियारले काटेको घाउ छ । अत्यधिक रक्तस्राव भएका कारण विकको अवस्था चिन्ताजनक छ ।

    प्रहरीले गएराति १० बजेतिर उनलाई उद्धार गरेर अस्पताल पु¥याएको डिएसपी सिंहले जानकारी दिए । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गरी विकलाई थप उपचार गर्न गएराति नै बाँके रिफर गरिएको छ ।

    विक गोलौरीमा भान्जाको बिहे खान भनि गएका थिए । नवलपुरस्थित आफ्नो घर फर्किँदै गर्दा उनीमाथि पढ्ढा र गोलौरी बिचको सुनसान स्थानमा अज्ञात समूहले आक्रमण गरेको र आक्रमणकारीको खोजी भइरहेको तुलसीपुर प्रहरीले जनाएको छ ।

  • ११ कार्तिक २०७७, मंगलवार १०:०३ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ५. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ६. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता