पेशावरकाे मस्जिदमा बम विस्फोट मारिने अधिकांश बालबालिका कम्तीमा ७ को मृत्यु – Dastabej

पेशावरकाे मस्जिदमा बम विस्फोट मारिने अधिकांश बालबालिका कम्तीमा ७ को मृत्यु

पेशावरकाे मस्जिदमा बम विस्फोट मारिने अधिकांश बालबालिका कम्तीमा ७ को मृत्यु


  • एजेन्सी

  • एजेन्सी पेशावर — पाकिस्तानको पेशावर सहरस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । मंगलबार स्थानीय समय अनुसार बिहान साढे ८ बजे धिर कोलनीस्थित मदरसामा विस्फोट हुँदा दर्जनौं घाइते भएका छन् । हालसम्म कुनै पनि समूहले उक्त घटनाको जिम्मेवार लिएका छैनन् । मारिने अधिकांश बालबालिकाहरु रहेको बताइएको छ । घाइतेहरुको संख्या ६० भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । धेरै घाइतेहरुको अवस्था गम्भीर छ । पाकिस्तानका एआईजी साफक्वत मलिकले पाकिस्तानको एक्सप्रेस ट्रूयबिनलाई बताए अनुसार आत्मघाती बम हमलामा ५ केजीको विस्फोटक पदार्थको प्रयोग भएको बताएका छन् । पाख्तूनख्वाका प्रदेशका स्वास्थ्य एवं अर्थमन्त्री तमूर खान जाग्राले घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने बताउँदै घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । उनले प्रारम्भीक अनुसन्धानले घटनामा विस्फोटक पदार्थहरुको प्रयोग भएको देखाएको पनि जनाएका छन् ।

  • ११ कार्तिक २०७७, मंगलवार १४:२९ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट