किन गुमाउँदै छन् सुत्केरीहरुले ज्यान ? - Dastabej

किन गुमाउँदै छन् सुत्केरीहरुले ज्यान ?

तीन महिनामा ११ आमाले गुमाए ज्यान /लापरवाहीले ज्यान गुमाउँदै आमाहरु


  • दस्तावेज

  • नेपालगन्ज— ७ महिनाकी गर्भवती नेपालगन्ज उपमहानगरपालिका २१ बिर्ताकी २९ वर्षीया रामसुरता कोरीको हात खुट्टा सुनिएपछि श्रीमान रामसरण कोरीले नेपालगन्जस्थित भेरी अस्पताल पु¥याए । तर उनी अस्पतालमा बस्नै नमनेर घर फर्किने जिद्दी गरिरहीन । अस्पतालमा बस्दा कोरोना भाइरस लाग्न सक्ने त्रास उनलाई थियो । त्यससंगै पेट चिरेर ( शल्यक्रिया गरेर) प्रसुती गराउन सक्ने शंकाले थप त्रसित बनिन् । श्रीमान भने कति बेला चिकित्सक आउने भन्दै सोधपुछमै थिए । रामसुरता गर्भको जाँच नै नगराई अस्पतालबाट रिक्सा चढेर घरतिर भागिन । उनलाई कसैले पछ्याउन सकेनन् । ‘भागेर घर पुगिन । राति सुतिन । बिहान मृत्यु भयो,’ श्रीमान रामसरणले कान्तिपुरसंग भने,‘सायद अस्पतालमै बसिदिएको भए यस्तो नहुन सक्थ्यो ।’ उनको मृत्यू भदौ २० गते भएको हो । १९ गते नै अस्पताल पु¥याइएको थियो । ‘पहिले पनि गर्भवती हुँदा जीउ सुनिएको थियो । यो पल्ट ज्यानै गयो,’ उनले भने । सात महिनाको गर्भवती हु“दासम्म एक पल्ट मात्रै गर्भ जाँच गराएकी थिईन । उनका १० वर्षीय छोरा सुनिल र ८ वर्षीया छोरी सोनी छन् । तेस्रो पल्ट गर्भवती हु“दा ज्यान गुमाएकी हुन । स्वास्थ्यकर्मीहरुले स्थायी परिवार नियोजन गर्न सुझाव दिएका थिए । तर श्रीमानश्रीमति दुबैले गराउन चाहेनन् । रामसुरताका देवार बिद्या कोरीले डरडरका कारण ज्यान गएको जनाए । ‘अस्पतालमा कोरोनाका विरामी भएकाले सर्न सक्छ भन्ने डर उहा“मा थियो । कसैले पेट चिरेर बच्चा जन्माउछन् भन्ने सुनाई दिएको रहेछ । त्यसैले भाउजु अस्पतालबाट भाग्नु भो । घरमै मृत्यु भयो,’ उनले भने । मृतकको घरदेखि एक किलो मिटर दुरी पक्की सडक छेउमै स्वास्थ्य चौकी छ । तर उनी नियमित गर्भ जा“च गराईनन् ।

    नेपालगन्जसंग जोडिएको डुडवा गाउँपालिका ३ बनकट्टीकी २५ वर्षीया ७ महिनाकी गर्भवती रबीया“ खानको पनि मृत्यु भएको छ । स्थानीय स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षणका लागि पुगेका बेला उनमा रक्तअल्पलता देखिएको थियो । रक्त अल्पता देखिएकाले नियमति अस्पतालको सम्पर्कमा रह्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका थिए । तर उनी अस्पताल नगएर माईती घर बसुदेवपुर पुगिन । भदौ २ गते मृत्यु भयो । डुडवा गाउ“पालिकाका स्वास्थ्य प्रमुख सीताराम चौधरीले उनको मृत्युको कारण अनुसन्धान भइरहेको बताए । ‘उनको घर बेतहनी पुगेर जानकारी लिन खोज्दा श्रीमान भेटिएनन् । छिमेकीहरुले माईतीमा मृत्यु भएको जानकारी दिए । माईती घर खोज्दै छौँ,’ उनले भने,‘घर र माईतीमा सोधपुछ गरेपछि मृत्युको कारण खुल्न सक्छ ।’ उनले गर्भवतीका समयमा लापरवाही गरिएका कारण उनको ज्यान गएको हुनसक्ने जनाए । गर्भवतीका भएको बेला रक्त अल्पता देखिनु, हा“त खुट्टा सुनिनु खतरा मानिन्छ । त्यस्तो लक्षण देखिए तत्काल स्वास्थ्य केन्द्रको सम्पर्कमा रहुन पर्ने स्वास्थ्यकर्मीहरु बताउछन् । त्यस्तै पोषिलो खानेकुरा खाने, नियमित स्वास्थ्य परीक्षण गर्न आवश्यक छ ।
    बाँकेमा साउन र भदौमा यसअघि ७ सुत्केरीको मृत्यु भएको घटना सार्वजनिक भएको थियो । बिर्ता र बेतहनीमा थप दुई घटना थपिएपछि आमा मृत्युको संख्या ९ पुगेको छ । दुई महिनामा यति ठूलो संख्यामा मृत्यु भएपछि जिल्ला स्वास्थ्य कार्यालय बाँकेले मातृ मृत्यू दर बढेको बारेमा छलफलमा जुटेको छ । कोरोना भाइरसको महामारीका कारण मातृ मृत्युको घटनाहरु ओझेलमा परेका छन् । ‘यो निकै गम्भिर विषय हो । तर कोरोनाका कारण ढिलो गरी सुत्केरी मृत्युको घटना बाहिर आएको हो,’ स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले भने,‘स्वास्थ्यकर्मीहरुको ध्यान कोरोनामा केन्द्रित भएकाले यस्तो भएको हुनसक्छ । तर ११ आमाको मृत्युको घटनाले हामीलाई निकै चुनौती थपिदिएको छ ।’ कोरोनाकै कारण गत वर्षभन्दा यो वर्ष २० प्रतिशत गर्भवतीहरु घरमै सुत्केरी हुन थालेका छन् । त्यस्तै अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने भएकाले आमाहरुको ज्यान गएको हो । यसअघि जानकी गाउँपालिकाका तीन सुत्केरीको मृत्यु भएको थियो । ति मध्ये दुई जनाको भेरीमा र एक जनाको शिक्षण अस्पताल नेपालगन्जमा सुत्केरी भएर मृत्यु भएको हो ।
    नेपालगन्ज उपमहानगरपालिका एक जनाको भेरी अस्पताल र एक जनाको घरमै सुत्केरी हुँदा मृत्यु भएको थियो । डुडवा गाउ“पालिकाका एक सुत्केरीको भेरी अस्पतालमा र बैजनाथ गाउँपालिकाका एक जना सुत्केरीको बाटामै मृत्यु भएको थियो । गत वर्ष १२ सुत्केरीको मृत्यु भएको थियो ।
    सरकारले १३ वर्ष ५५ वर्षका महिलाहरुको मृत्यु भएमा त्यसको कारणसहित २४ घण्टाभित्र स्वास्थ्य कार्यालयमा जानकारी गराउनु पर्ने नीति लिएको छ । महिला स्वयंमसेविका मार्फत नजिकको स्वास्थ्य केन्द्रहरुले त्यसको जानकारी गराउनु पर्ने स्वास्थ्य कार्यालय प्रमुख शाहले बताए । तर कोरोनाका कारण स्वास्थ्य केन्द्रहरुले ढिलो गरी जानकारी गराएका हुन । सरकारले मातृ तथा शिशु मृतु घटाउन बाँकेमा बिशेष कार्यक्रम सन्चालन गर्दै आएको छ । तर, त्यस्ता घटनाहरु बढ्दै गएपछि अनुसन्धान आवश्यक रहेको स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य कार्यालयका अनुसार पहिलो वा दोस्रो पल्ट गर्भवती परिक्षण गराएर महिलाले बिचमै छाड्ने गरेको पाइएको छ । कोरोनाका कारणले पनि कमै सर्वसाधारणहरु स्वास्थ्य केन्द्र पुग्ने गरेका छन् । जिल्लामा तीन प्राथमिक स्वास्थ्य केन्द्र र ४४ वटा स्वास्थ्य चौकी छन् । स्वास्थ्य चौकीहरुमा प्रसुती केन्द्र बनाइएका छन् । स्वास्थ्य केन्द्रको सम्पर्कमा रहेका गर्भवती महिलालाई समयमै सुत्केरीका लागि अस्पताल पठाउन निर्देशन गरिएको छ ।

  • १२ कार्तिक २०७७, बुधबार ०९:२२ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा