प्रहरीले भारतबाट नेपालगन्ज ल्याइदै गरिएको ठुलो परिमाणमा अवैध जुत्ता बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डको टोलीले भारतबाट लुकाईछिपाई ल्याइरहेको अवस्थामा ३२१ जोर अवैध जुत्ता र ४ वटा तस्करीमा प्रयोग भएका साईकल बरामद गरेको हो। सशस्त्र प्रहरी सहायक निरीक्षक भाटको टोलीले आज बिहान ३ बजे नेपालगन्जको वडा नम्बर १५ नयाँ बस्तीबाट २३४ जोर सेनथेटिक जुत्ता, ८७ जोर स्पोर्ट्स जुत्ता र ४ थान साइकल बरामद गरेको हो। अवैध सामन बरामद गरेपनि तस्करहरु भने साईकल छोडेर भागेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। बरामद गरिएका जुत्ता र तस्करीमा प्रयोग भएका साईकलको मुल्य २ लाख ४८ हजार ९ सय रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ। बरामद गरिएका सबै अवैध सामाग्रीलाई आजै नेपालगन्ज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरी बाँकेमा एसपी अशोक बम आएदेखी सशस्त्र प्रहरीले सिमामा बिशेष निगरानी राख्दै अवैध ओसारपसारका सामाग्रीलाई बरामद गर्दै आएको छ। यस्तै यसअघि सशस्त्र प्रहरी बाँकेका एसपी दिपक अधिकारीले पनि आफ्नो कार्यकालमा सोचे भन्दा बढी राजस्व सरकारको खातामा जम्मा गरिसकेका छन् ।